पर्यटन
धौलागिरि आधार शिविरमा अलपत्र विदेशी पर्यटकको उद्दार

जोमसोम—बाक्लो हिमपातका कारण धौलागिरि आधार शिविरमा अलपत्र विदेशी पर्यटकको उद्दार गरिएको छ । धौलागिरि आधार शिविर नजिक अलपत्र परेका २ जना स्पेनिस नागरिक र ६ जना पर्यटक गाईडको सोमबार फिस्टेल एअरको हेलीकोप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिउदयामसंगै मुस्ताङमा चिसो बढ्न थालेको छ । योसंगै मुस्ताङका उच्चलेंकमा हिमपात पर्न थालेको हो ।धौलागिरि पदमार्ग हुदै यात्रा गर्ने उद्देश्यले उक्तक्षेत्रमा प्रस्थान गरेका उनीहरुको यात्रामा हिमपातले प्रभावित बनाएको जनाईन्छ ।
पोखराबाट म्याग्दी हुदै अक्टोबर २८ तारिखमा उनीहरु मुस्ताङ भित्रिएको एक्याप पर्यटक चेक पोष्टमा कार्यरत पर्यटन सहायक प्रेम बस्नेतले जानकारी दिए । उनीहरु मुस्ताङको घरपझोङ गापा—२ मार्फा हुदै बतासो डाडाको उपल्लो भागको धौलागिरि आधार शिविरमा अलपत्र परेका थिए । हिमपातले अलपत्र परेका पर्यटक तथा गाईडको जोमसोम ल्याई सकुशल उद्दार गरिएको प्रहरी नायब उपरिक्षक रामकुमार दानीले जानकारी दिए ।
यसअघि कार्तिक ७ गते मुस्ताङ र डोल्पाको सीमाना याकखर्कमा अलपत्र परेका जर्मनका २ पुरुष र र दुई महिला पर्यटकसहित २ जना गाईडको कैलाश एअरको हेलि मार्फत उद्दार गरिएको थियो । डोल्पाको दुनैबाट हिडेर मुस्ताङ आउने क्रममा बाक्लो हिमपातका कारण ५३सय मिटर अग्लो उचाईको याकखर्क भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसक्दा उनीहरु अलपत्र परेका थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया