
सञ्जय रानाभाट
पोखरा ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ ९एन्फा० बीच नयाँ सम्झौता भएको छ । नेपाल छोड्न चाहेका अल्मुताइरीलाई थप ३ वर्ष नेपाल मै राख्न एन्फा सफल भएको छ । अल्मुताइरी एन्फा पदाधिकारी र केही पत्रकारसँग रिसाएर नेपाल छोड्ने बताएका थिए । एन्फा र अल्मुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ । साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए ।
अल्मुताइरीले आज आफैले पत्रकार सम्मेलन गरेर ३ वर्षे सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए । उनी निकै खुशी र उत्साही पनि देखिन्थे । अल्मुताइरी नेपालका सबै भन्दा सफल फुटबल प्रशिक्षक हुन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया