पोखरामा सिसि क्यामरा जडान गरी जुवा खेल्ने ६ पक्राउ

समाधान संवाददाता २०७८ कार्तिक २७ गते १८:०६

पोखरा ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीले १८ लाख ७५ हजार नगद सहित ६ जना जुवडेलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका १२ चापपानी बस्ने ३२ वर्षीय नबिन गौचन, पोखरा महानगरपालिका १२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा १२ माटेपानी बस्ने३८ वर्षीय सुर्य गुरुङ दैलेख नौमुले गाउँपालिका ८ घर भई पोखरा २६ बिजयपुर बस्ने ३५ वर्षीय खम्ब सिंह राना, कास्की मादीगाउँपालिका १० घर भई पाखेरा महानगरपालिका १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा महानगरपालिका १६ बस्ने ३५ वर्षीय श्याम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई राती २ बजेको समयमा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरु पोखरा महानगरपालिका १२ चापापानी स्थित नबिन गौचनको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले भेटेको थियो ।


उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजनकि हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकाी दिए । हमालका अनुसार उनीहरुले चापापानीमा स्थीत नबिन गौचनको घर भाडामा लिएका थिए ।

Advertisement

घरमा सिसिटिभि क्यामरा समेत जडान गरी संगठित रुपमा जुवा खेल्ने र खेलाउने गरेको प्रारम्भिक अनुसन्धानमाबा खुलेको हमाललेबताए ।

तपाईको प्रतिक्रिया