‘हिम पहिरो खस्दा हिमालै खसे जस्तो भयो
शिक्षकको लामिछानेको हिम पहिरो स्मरण ः
आईतबार जनआर्दश माध्यमिक विद्यालयमा करिव ११ः३० बजेको समयमा दोश्रो पिरियड चल्दै थियो । कक्षामा दोश्रो पिरियड पढाई रहेका बेला उक्त बिद्यालय शिक्षक बिरेन्द्र लामिछाने कक्षामै थिए ।उनी हिम पहिरोबाट हताहत हुदा घाईते भए । उनी अहिलो जोमसोम अस्पतालमा उपचार गराईरहेका छन् । घटनाबारे उनको स्मरण यस्तो थियो ।
म जनआदर्श माविको शिक्षक हु । मुस्ताङमा अध्यापन गराईरहेको दुई बर्ष भयो । हिम पहिरोको बारेमा सुनेको भएपनि देखेको थिईन् । अकस्मात ११ः ३० बजे धौलागिरिको पानापाथी हिमालबाट भिषण हिम पहिरो गयो । घटना सम्झदै लामिछाने भन्छन् ,‘जिवनमा हिम पहिरो जान्छ भन्ने सुनेको मात्र थिए तर कहिल्यै देख्न पाएको थिईन,तर डर लाग्दो भिषण आवाजसहितको हिम पहिरो देखियो।’ पहिले त आफुलाई हिम पहिरो गएको पत्यार नलागेको र हिम पहिरोको आवाजलाई हावाको बेग सम्भिए ।
त्यसपछि त हेडसरले हिम पहिरोको सूचना गराएपछि हामी सबै बाहिर निस्कियौं । पछाडी हेर्दा त गल्याङ गुर्रलुङ हिमालै खसेको जस्तो अनुभती भयो,हामी अनियन्त्रित भयौ । त्यसपछि बिद्यालयका सबै शिक्षक र बिद्यार्थी ज्यान बचाउन सुरक्षित स्थानमा भागदौड मच्चियो । हिम पहिरो खस्दा धुलो र हिउँ एकैसाथ आफ्नै अगाडी आउन लागेको जस्तो भयो ।
स्कुल माथि भएकाले हिम पहिरोको जोखिम हामीलाई बढी जोखिम थियो । भागदौडमा हामी केही बिद्यार्थी र शिक्षक घाईते हुन पुगेको बताए,अझै पनि सो क्षेत्रका स्थानीय र बिद्यालय परिवारलाई केही दिनसम्म मनोबैज्ञानिक असर पर्ने देख्छु ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया