जोमसोम— मुस्ताङको थासाङ—२ नाउरिकोट माथिको उच्चलेकको चौरी खर्कमा रहेका १४ याक÷चौरी बेपत्ता भएका छन् ।आईतबार धौलागिरि क्षेत्रको पानापाथी हिमालबाट उर्लिएर आएको भिषण हिम पहिरोका कारण सो क्षेत्रको सित्लुङ खर्कमा रहेका दुई गोठका १४ याकचौरी बेपत्ता भएको कोवाङ प्रहरी चौकीले जनाएको छ ।
हिम पहिरो गएको पानपाथी हिमालको फेंदमा ३ वटा चौरी गोठ थियो ।त्यहा स्थानीय सकेन्द्र गौचनको ६५ ,भीम थकालीको ६५ र शुशिला गौचनको ४० वटा याक चौरी थिए । आईतबार बिहानैबाट बेपत्ता याकचौरीको उक्त क्षेत्रमा खोज तलास गर्ने क्रममा स्थानीय सकेन्द्र गौचनको ५८ र भीम थकालीको ५८ वटा याकचौरी सम्पर्कमा आएको कोवाङ प्रहरी चौकीका ईञ्चार्ज नेत्र जिटीले जानकारी दिए । तर सकेन्द्र र भीम थकालीको दुई गोठका १४ याकचौरी अझै फेला नपरेको उनले जानकारी दिए ।
अहिले हिम पहिरो ग्रस्तक्षेत्रबाट प्रहरी टोली फिर्ता आएका छन् भने चौरी धनीहरु भने गोठ भएको स्थानमा गएका छन् । स्थानीय चौरी पालक शुशिला गौचनको याकचौरी भने मंगलबार मात्र खोजी गर्ने जनाईएको छ । चौरी धनी तथा प्रहरीको संयुक्त टोली हिम पहिरो प्रभावित क्षेत्रमा खोजी गर्दा बेपत्ता याकचौरी फेला पर्न नसकेको हो । प्रहरीका अनुसार बेपत्ता याकचौरी हिमपहिरोमा पुरिएर वा हताहत भएर जंगलतर्फ लागेको हुनसक्ने अनुमान गरेको छ । शुशिला गौचनको याकचौरीको अवस्था खुल्न सकेको छैन ।गर्मीयामको मौसममा उच्चलेंकमा र हिउँदयामको मौसममा बेसी स्थान्तरण गरिने याकचौरीहरु चिसो बढेसंगै बस्ती ल्याउने तैयारी थियो ।तर ,अकल्पनीय रुपमा हिम पहिरो गएपछि स्थानीय पशुपालक चिन्तित बनेका छन् ।

आईतबारको हिम पहिरो अहिले सम्मकै भयावह भएको स्थानीय बताउछन् ।जाडो मौसममा हिमालको हिउ जमेर बस्नु पर्ने अवस्थामा हिमपात भएकोले हिमाली क्षेत्रको तापक्रम समेत वृद्धि भएको हुनसक्ने कतिपयको ठम्याई छ । हिम पहिरोले बोक्सी खोला र नाउरिकोट क्षेत्र माथिको लेंक र खोलामा बरफको चाङ लागेको प्रहरी ईञ्चार्ज जिटीले उल्लेख गरे । उनका अनुसार सो क्षेत्रको खर्कमा रहेका सल्ला र धुपीका रुखहरु हिम पहिरोले लतारिएर ढल्न पुगेका छ । हिम पहिरोले खोलाको पानी बग्ने स्थानमा बरफको चाङ थुप्रिएको छ भने खर्कको जंगलबाट हिम पहिरोसंगै माटो समेत उभारिएको छ ।
हिम पहिरोबाट हताहत भई घाईते भएका ३ जनालाई सोमबार थप उपचारका लागि पोखरा रिफर गरिएको छ । उनीहरुलाई तारा एअरको जहाजमा राखेर पोखरा उद्दार गरिएको हो ।हिम पहिरोले कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका झन्डै १ सय ६० बिद्यार्थीको भागदौड चलेको थियो । बिद्यालयको दोश्रो पिरियड चल्दै गर्दा हिम पहिरो ठुलो आवाज गुन्जिएरपछि बिद्यार्थी र शिक्षकमा भागदौड सुरु भएको थियो । बिद्यालयमा हताहत हुदा ३ शिक्षक र ८ बिद्यार्थी घाईते भएका थिए । जोमसोम अस्पतालमा रहेका ८ घाईतेका अवस्था सामान्य रहेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया