शिक्षा
घरपझोङमा एसईईका सर्वोउत्कृष्ट ४ बिद्यार्थीलाई जनही १० हजारसहित सम्मान

जोमसोम—हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्वो उत्कृष्ठ अंक हासिल गर्ने ४ जना बिद्यार्थीलाई जनही १० हजारसहित सम्मान गरेको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार घरपझोङले साधारण र प्राविधिक धारतर्फका छात्र÷छात्रा गरी ४ जनालाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०७८- ०७९ को स्वीकृत कार्यक्रम अनुसार अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा एसर्ईईका बिद्यार्थीलाई सम्मान गरेको गाउपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् । गापा अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रममा २०७७ सालको एसईई साधारणतर्फ छेवाङ छोडेन गुरुङ र बिराज राना क्षेत्री नगदसहित सम्मानीत भएका हुन् । यस्तै,प्राविधिक धार तर्फ अप्सरा भर्ती थकाली र कृष शेरचन नगद पुरस्कार सहित सम्मानीत भए ।
दिवसकै अवसरमा घरपझोङले पालिका अन्र्तगतका सामुदायिक बिद्यालयका कक्षा ( १—५ )सम्मका बिद्यार्थीलाई चित्रकला प्रतियोगिता आयोजना ग¥यो । ‘सफा घर आगन र सफा बिद्यालय’ शिर्षकमा भएको चित्रकला प्रतियोगितामा जनहित माबि जोमसोमका दोर्जे शेर्पा प्रथम,जनवाल मावि मार्फाका उमेश माझी द्धितीय , जनकल्याण आधारभुतका सन्दिप बिक तृतीय र मुक्ति नमूना आधारभुत ठिनीकी निमा शेर्पाले सान्त्वना भईन् ।चित्रकलामा प्रथम,द्धितीय,तृतीय र सान्त्वनाले क्रमशः २ हजार,१५ सय ,१ हजार र ७ सय रुपैया पुरस्कार पाए ।
यस्तै ,घरपझोङका सामुदायिक बिद्यालय अन्र्तगत कक्षा ( ९—१० )मा बिद्यार्थीहरुमा गरिएको कोभिड संक्रमणको रोकथाममा परिवार,समुदाय र बिद्यालयको भूमिका शिर्षकमा भएको बक्तृत्वकला प्रतियोगितामा जनहित माबिका अनुप पर्तेला प्रथम,जनबाल माबिका स्नेहा लामा द्धितीय र जनहित माबिकी स्मृती तिवारी तृतीय भए । सान्त्वना धौलागिरि आधारभुतकी डिलिसा शाहले प्राप्त गरिन् । उनीहरुले नगद २५ सय,२ हजार ,१५ सय र १ हजार पुरस्कार पाए ।
पुरस्कृत प्रतियोगि बिद्यार्थी तथा एसईईमा सर्वोउत्कृष्ट हुने बिद्यार्थीलाई गापा अध्यक्ष आशबहादुर थकाली,उपाध्यक्ष शर्मिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले संयुक्त रुपमा बिद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरे ।
दिवसका अवसरमा गापा अध्यक्ष थकालीले बिद्यार्थीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्न तथा बिद्यार्थीहरुलाई गरिएको सम्मानले उनीहरुको क्षमता विकास र शैक्षिक भबिष्यमा टेवा पुग्ने बताए ।
यस्तै गापा उपाध्यक्ष गुरुङले पछिल्लो समय बालबिवाहको घटना न्युनिकरण हुदै गईरहेको अझै यस्ता घटना रोकथाम गर्न सामाजिक जनचेतना आवश्यक रहेको औल्याईन् ।दिवसको अवसरमा घरपझोङका ५ वटै बालक्लवहरुको उपस्थिती रहेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया