पर्यटन

गुफा भित्रै लोभ लाग्दो गेष्ट हाउँस

‘ मेलै संञ्चालन गरे होटल युनिक छ ,पर्यटक आर्कषणका लागि गुफा भित्रै गेष्ट हाउँस बनाएको हो

सुन्दरकुमार थकाली २०७८ मंसिर २० गते १२:५४
उपल्लो मुस्ताङको छोसेरमा अवस्थित हिउँले ढाकिएको शेल्कार गेष्ट हाउँस । तस्विर ःपेमा गुरुङ


जोमसोम—

Advertisement

उपल्लो मुस्ताङको लोमान्थाङ—२ छोसेर अवस्थित सेल्तामा गुफा भित्र पर्यटक बस्न मिल्ने गेष्ट हाउँस सञ्चालन गरिएको छ ।यो गेष्ट हाउँस सन् २०१८ देखि स्थानीय पेमा घिर्मी गुरुङले सञ्चालन गरेका हुन् ।उनको गुफा भित्र रहेको गेष्ट हाउँसमा रात बिताउँन स्वदेशी तथा बिदेशी पर्यटक उल्लेख्य उपस्थिती हुने गरेको पाईएको छ ।
लोमान्थाङ—२ छासेरको सबै भन्दा ठुलो झोङ गुफा भन्दा केही तल पर्ने अर्को मझौला गुफामा गुरुङले गेष्ट हाउँस संञ्चालन गरेका हुन् । उनले गुफा भित्र रहेको गेष्ट हाउँसको नाम शेल्कार गेष्ट हाउस राखेका छन् ।सदिंयौ वर्षदेखि गुफाको भोगचलन गर्दै आईरहेको गेष्ट हाउँस संञ्चालक गुरुङले पर्यटक लक्षित गेष्ट हाउस चलाएका हुन् । यस गेष्ट हाउँसमा जान जोमसोम—कोरला राजमार्ग देखि पूर्वतर्फ २० मिनेटको पैदलयात्राबाट गन्तब्य तय गर्न सकिन्छ ।गेष्ट हाउँस रहेको गुफा सम्म पुग्न फलामे रेलिङसहितको सिंढी बाटो ,गुफा भित्र ४ वटा कोठा र दुई वटा प्रबेशद्धार निर्माण गरेका छन् ।

गुफा भित्र रहेको ४ वटा कोठा मध्ये एक कोठामा ६ वटा बेड र अर्को ३ वटा कोठामा २÷२ वटा बेडको ब्यवस्था गरिएको छ ।गुफा भित्रको कोठा कोठामा उनले बत्ती र पानीको ब्यवस्था समेत मिलाएका छन् । गुफा भित्रको कोठाको झ्यालहरुमा पुराना ऐतिहासिक भाडा बर्तनका सामाग्री राखिएको छ ।त्यसै गरी उनले गुफाको गेष्ट हाउँस बाहेक गुफा बाहिर पनि उनको सोही नामको ८ बेड क्षमताको गेष्ट हाउँस छ । गुफा पुग्ने पर्यटकले रुचि अनुसार गुफा भित्र वा बाहिर बस्ने भन्ने दुबै खालको सुबिधा मिलाएका छन् ।गुफाको स्वामित्व आफ्नै भएकाले उनले गाउँले वा पालिकालाई कर समेत तिर्न पर्दैन । गेष्ट हाउँस संञ्चालक गुरुङले गुफा भित्र बाँस बस्न आउने पर्यटकलाई ३ हजार देखि ७ हजार सम्म शुल्क लिने गरेको बताउँछन् ।
गेष्ट हाउँस संञ्चालक गुरुङ भन्छन् ‘ मेलै संञ्चालन गरे होटल युनिक छ ,पर्यटक आर्कषणका लागि गुफा भित्रै गेष्ट हाउँस बनाएको हो ।उपल्लो मुस्ताङ आएका पर्यटकले गुफा भित्र होटल देखेपछि एक रात बिताएर फर्किन्छ ।कोरोना कहर अघि गुफा भित्रै गेष्ट हाउँस निर्माण गरेपनि पर्यटक आउन नसकेपछि ब्यवसायमा असर पुगेको छ ।उनले दुखेसो सुनाए ।’

Advertisement

उनले पछिल्लो समय कोरोना कहरपछि बुकिङहरु धमाधम आउन थालेको बताए । उनले कोरोनापछिको दशै÷तिहार र छट पर्वमा स्वदेशी पर्यटकहरु गुफा भित्र बास बस्न आउने गरेको जानकारी दिए ।
गुफा भित्रै पर्यटक लक्षित गेष्ट हाउँसको ब्यवस्था हुन्छ भन्दा धेरैलाई सुन्दा अचम्म लाग्छ । गुफा भित्र बाँस बस्ने पर्यटकले अलि बेग्लै प्रकारका अनुभुती गर्ने गरेको गुरुङले बताए ।उपल्लो मुस्ताङमा दर्जनौ गुफाहरु भएपनि गुफा भित्र उनले संञ्चालन गरेको गेष्ट हाउँस पहिलो हो । परापूर्वकालमा उपल्लो मुस्ताङका स्थानीय गुफा भित्रै बस्थे ।गुफा भित्रको परिवारमा जति जनसंख्या बढ्यो उतिनै पहाड खोपेर गुफा निर्माण गर्ने गरिन्थ्यो भन्ने भनाई छ ।

गुरुङ भन्छन्‘आफ्नो पुस्ताहरुले सदियौं वर्ष अघि पहाड खोपेर गुफा निर्माण गरेको उल्लेख गरे । बिस्तारै मानिसमा आएको चेतनाको बिकाससंगै गुफा छोडेर बाहिर घर बनाएर बस्न थालेपछि गुफाहरु खाली हुन थालेको उनको बुझाई छ । कतिपयले भने लडाई चल्दा उक्त गुफाहरु लुक्न र सुरक्षित रहन प्रयोग गरिएको हुनसक्ने बताएका छन् ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया