मुस्ताङको शैक्षिक विकासमा २० वर्ष खर्चिएका बराल

जोमसोम
बिहिबार सामाजिक संञ्जाल फेसबुकमा बिदाईको तस्विर सार्वजनिक गर्दै भने‘ फेरी भेटौला मुस्ताङ’ । यो स्टार्स कास्की जिल्ला पुम्दी भुम्दीका शिक्षा अधिकृत टंकराज बरालको थियो ।२०५८ सालको सेरोफेरोमा मुस्ताङ आएका बराल मुस्ताङमा झन्डै २० वर्ष बिताए ।लाग्थ्यो जन्म घर भन्दा कर्म घर ठुलो भन्थे,बरालको अगाथ माया र ममताको स्थल हिमालपारि मुस्ताङ बन्यो ।उनले लामो क्षेत्र मुस्ताङको शैक्षिक विकासमा खर्चिए । उनी मुस्ताङ आउदा सडक संञ्जालले जोडिएको थिएन । निकै कष्ठकर यात्रा गर्दै उनले नेपाल सरकार मार्फत मुस्ताङमा सेवा गर्ने अवसर प्राप्त गरे ।
शिक्षा अधिकृत बराले मुस्ताङमा सेवा प्रवाहको क्रममा २ पटकको अबधि गरी २० बर्ष ४ महिना मुस्ताङमा बिताए । सो अवधिमा उनले साबिक जिल्ला शिक्षा कार्यालयमा १४ बर्ष ६ महिना , वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाको कार्यालय कागबेनीमा ३ बर्ष २ महिना र शिक्षा बिकास तथा समन्वय इकाइमा २ बर्ष ८ महिना प्राबिधिक सहायक,बिद्यालय निरीक्षक र इकाइ प्रमुखको फरक फरक भुमिकामा सेवा गरे ।उनी भन्छन्‘ पद अनुसार कामको प्रकृति फरक हुँदो रहेछ, मैेले जिम्मेवारपूर्वक तोकिएको काम समयमानै सम्पन्न गरेको अनुभूति गरेको छु ,उनले भने,‘यसमा मलाई शिक्षक ,प्र अ, बि व्य स अध्यक्ष ,बिद्यार्थी , शिक्षकका पेशागत संघ संगठन, पालिका, ( विशेष गरि शिक्षा प्रमुख र सहायक) जनप्रतिनिधि,कार्यालय प्रमुख कर्मचारी सहकर्मी मित्रहरु सबैको हरदम सहयोग सद्भाव रह्यो ।’
मुक्तिनाथ भगवान, दामोदर भगवान र गुरु पद्मसंभमको वासस्थान रहेको यस जिल्लमा लामो बसाईमा उहाँहरुकै कृपामा मेरो व्यक्तिगत जिवनमा समेत प्रगती गर्ने अबसर प्राप्त गरेको र मुस्ताङमा आफुले गरेको सेवा भन्दा कैयौं गुणा बढी मुस्ताङले मलाइ दिएको उनले उल्लेख गरे ।
उनले लेखेका छन् ‘सेवा प्रवाहबाट बचत भएको समय कर्मचारी मिलनकेन्द मार्फत सामाजिक सेवा प्रदान गर्ने अवसर मिल्यो, सम्पुर्ण कर्मचारी परिवार प्रति पनि नतमस्तक छु ,शिक्षा अधिकृत बरालले भने,‘ भौतिक रुपमा यस जिल्लाबाट टाढा रहेता पनि मानसिक रुपमा सदैब मुस्ताङ स्मरणमा रहिरहनेछ ,मुस्ताङको शैक्षिक क्षेत्र शिक्षक, बिद्यार्थी ,बिद्यालय, पालिका, र इकाइमा सेवामा कहि कतै अष्पष्टता रहेमा पछिल्ला दिनहरुमा मेरो सहजिकरण रहिरहनेछ।’
२४ बर्षको निजामती सेवाको दौरानमा ३ बटा हिमाली जिल्ला(हुम्ला ,मनाङ र मुस्ताङ) मा मात्र सेवा गरेकोमा अब सुगम जिल्लामा काम गर्ने अवसर प्राप्त भएकोमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय प्रति उनले आभार प्रकट गरे ।उनी भन्छन् ,मुस्ताङ मेरो कार्यस्थल रहेपनि घरनै त्यागेर हिडेको अनुभुती भईरहेको छ,त्यो क्षण ,त्यो कर्म र यहाको मौलिकता कहिल्यै बिर्सन सक्तिन ।’ उनले मुस्ताङपछि आफ्नो कार्यस्थल स्याङ्जाको शिक्षा विकास तथा समन्वय ईकाईमा रहेको जानकारी गराए ।







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया