मुस्ताङ प्रहरीले पन्छ्यायो मुक्तिनाथ सडकको हिउँ,

सुन्दरकुमार थकाली २०७८ पुष १८ गते १९:५८
फोटो क्याप्सन ः जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा मुस्ताङ प्रहरीले कागबेनी—मुक्तिनाथ सडकको हिउँ पन्छ्यायो । तस्विर ःजिप्रका मुस्ताङ ।


जोमसोम—

Advertisement

गत मंगलबारदेखि भारी हिमपातका कारण अवरुद्ध मुस्ताङको कागबेनी—मुक्तिनाथ सडक आईतबार सञ्चालनमा आएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा नेपाली प्रहरीको करिव २० जना सुरक्षाकर्मीको टोलीले सडक माथिको हिउँ पन्छ्याएपछि कागबेनी—मुक्तिनाथ सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलका अनुसार वारागुङ मुक्तिक्षेत्र—३ कागबेनी देखि माथि उकालो ट्रनिङ सडकमा २ किमी र मुक्तिनाथ सडकको कालोभिर क्षेत्रमा सडक माथि थुप्रिएको हिउँ पन्छ्याईएको हो ।मुस्ताङ प्रहरीले आवश्यक उपकरणसहित सडकको हिउँ पन्छ्याईपछि जोमसोम—कागबेनी—मुक्तिनाथ आउजाउमा सहज भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।मुस्ताङमा भारी हिमपात भएको थियो,हिमपातले सडक माथि बाँक्लो हिमपात जम्मा भयो,सूचना अधिकारी पौडेलले भने,पुरै हिउँ पन्छ्याउन सम्भव देखिएन,सवारीको ट्याकमा पर्ने हिउँ मात्र पन्छ्याएका हौ।’ मुस्ताङमा अत्यधिक चिसो बढेका कारण हिउँ पन्छ्याईपनि पूनः जमेर समस्या आउन सक्ने प्रहरी निरीक्षक पौडेलको भनाई छ ।


मुस्ताङमा परेको हिमपातका कारण कागबेनी—मुक्तिनाथ सडक तथा उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनेको थियो । दुईदिन अघि उपल्लो मुस्ताङमा तीन फिट र तल्लो मुस्ताङमा दुई फिट बढी हिउँ परेको थियो । हिमपातका कारण कागबेनी—मुक्तिनाथ सडक गत मंगलबारदेखि अवरुद्ध बनेको थियो ।सडक अवरुद्ध बनेसंगै मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका दर्जनौं सवारी साधन कागबेनीमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार आईतबार एक सय भन्द बढी धार्मिक पर्यटक कागबेनीबाटै उकालो उक्लिएर मुक्तिनाथ पुगेका थिए । मुक्तिनाथ पुग्ने तिर्थालु सहजताका लागि सडकको हिउँ पन्छ्याउन परेको प्रहरीले उल्लेख गरेको छ ।


यसअघि आईतबारनै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पर्यटक सचेतनामूलक कार्यक्रम गरेको छ । मुक्तिनाथ दर्शन गर्ने तथा उपल्लो मुस्ताङ जाने पर्यटकलाई घरपझोङ—४ जोमसोमको पक्की पुल नजिक हिमपातले पू¥याउन सक्ने जोखिम र सम्भावित दुर्घटनाका बिषयमा जानकारी गराएको प्रहरी निरीक्षक पौडेलले बताए ।

Advertisement

उनले भने,‘मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलहरुमा अझै बाक्लो हिमपात जमेर बसेको छ। हिमपातले पर्यटकलाई कुनै पनि क्षति नहोस भन्ने हाम्रो उद्देश्य हो।यसैले पर्यटकलाई पूर्व जानकारी गराएका छौं।


सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया