मुस्ताङमा सिडिओ र डिएसपीलाई कोरोना सक्रमण

जोमसोम—
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोरोना सक्रमण भएको छ ।
जिल्ला अस्पताल जोमसोममा एक साता अघि एँिन्टजेन बिधिबाट कोरोना परीक्षण गर्दा सिडिओ शर्मा र प्रहरी नायव उपरीक्षक दानीलाई कोरोना सक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । यसको जिल्ला अस्पताल जोमसोमका निमित्त सूचना अधिकारी एकराज बस्नेतले पुष्टि गरे ।
मुस्ताङमा उच्चपदस्थ ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको पहिलो हो ।सिडिओ शर्मा र प्रहरी नायव उपरक्षक दानी कोराना पुष्टि भएसंगै कार्यालयको कामकाज बन्द गरी अहिले उहाँहरु आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कोरोना संक्रमित सिडिओ शर्मा र प्रहरी नायव उपरीक्षक दानीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया