टाइब्रेकरमा आर्मीलाई पन्छाउँदै मनाङ फाइनलमा

अभिषेक अधिकारी २०७८ माघ १३ गते २१:०२

अभिषेक अधकारी
पोखरा ।
आरारा गोल्डकपको अन्तिम सोमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै एपिएफसँग भेट पक्का गरेको छ । आर्मीलाई ४–३ ले हराउँदै मनाङले उपाधिका लागि एपिएफसँगको भेट पक्का गरेको हो ।


मनाङको जितका लागि गोलरक्षक अशोक बरालले टाइब्रकरमा आर्मी डिफेन्डर युद्ध शाहीको प्रहारलाई निष्तेज पारेका थिए । खेलको ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो । त्यसो त मनाङले खेलको सुरुवाती ८ औं मिनेटमा नै पेनाल्टीको अवसर पाएको थियो । मनाङका कप्तान विमल रानाको प्रहार क्रसबारको निकै माथिबाट बाहिरिएको थियो ।
खेलमा पहिलो टाइब्रेकरको अवसर आर्मीका भरत खवासले लिएका थिए । मनाङका सुशान्त चौधरीले प्रहार गरे । यी दुवैले सजिलै गोल गरे । लगत्तै आर्मीका विकास तामाङ र विश्व अधिकारी दुवैको प्रहार दाहिने पोस्टमा ठोक्किएर मैदानमा फर्कियो ।


तेस्रो प्रहार दुवै टिमका खेलाडीले गोलमा परिणत गरे । आर्मीका जर्जप्रिन्स कार्की र मनाङका शिव गुरुङ गोल गर्न चुकेनन् । दुवै टिम ३ टाइब्रकेरमा २–२ मा बराबरी रहँदा चौथों प्रहारमा आर्मीका योद्धा शाहीको प्रहारलाई गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे । मनाङ मिडफिल्डर रुपेश केसी र फर्वड आफिज ओलावलेको प्रहारलाई भने आर्मी गोलरक्षक बिकेस कुथुले रोक्न सकेनन् । आर्मीका विवेक बस्नेतको प्रहार पनि गोलमा परिणत भयो । गोलरक्षक बिकेस कुथुले कुनै पनि टाइब्रेकर छेक्न नसक्दा ४–३ को अग्रताले मनाङ फाइनलमा प्रवेश गरेको हो ।

Advertisement


खेलको पूरा समय आर्मीले मनाङलाई निकै दबाबमा राखेको थियो । ८ औं मिनेटमा पाएको पेनाल्टीको अवसर खेर जाँदा मनाङका खेलाडीमा केही निराशा देखिन्थ्यो । मनाङ प्रशिक्षक फुजा तोपे बिरामी परेपछि दोस्रो हाफपछि उनी बेन्चमै सिमित रहे । मैदाननजिक गएर टिमलाई हैसला दिन म्यानेजर रामबहादुर गुरुङलाई फुजाले निर्देशन दिएको उनले समाधानलाई सुनाए ।


विमल रानाको पोनाल्टी सफल नहुनुलाई उनले दुर्भाग्य भएको टिप्पणी गरे । फुजा भन्छन्, ‘विमल मनाङका उत्कृष्ट पेनाल्टी टेकर हुन् । होम ग्राउन्ड प्रेसर रहेका बेला उनले पोनाल्टीमा अग्रता नलिनु दुुर्भाग्य हो ।’ आर्मीको खेल निकै छरितो भएकाले आर्मीविरुद्ध जित निकाल्नु ठूलो उपलब्धि भएको उनले सुनाए । आर्मीका डिफेन्डर योद्धा शाहीको टाइब्रेकरको प्रहारलाई विफल पारेका मनाङ गोलरक्षक अशोक बराल सर्वाेत्कृष्ट खेलाडी बने ।

Advertisement


फाइनल शनिबार
जारी २० औं संस्करणको फाइनलमा एपिएफ र मनाङ शनिबार भिड्दै छन् । पछिल्लो ३ संस्करणका फाइनल खेलको छिनोफानो टाइब्रेकरबाट भएको छ । मनाङले १८ औं संस्करणको फाइनलमा पनि नेपाल पुलिसलाई २–२ को बराबरी रोकेपछि टाइब्रेकरबाट खेलको निर्णय भएको थियो । मनाङले ५–६ ले छैटौं पटक नतिजा आफ्नो पक्षमा पारेको थियो । त्यस बेला पनि मनाङका प्रशिक्षक फुजा तोपे नै थिए ।
७ औं पटक उपाधि जित्ने दाउमा रहेको मनाङका लागि भने आहारारामा उत्कृष्ट लयमा रहेको आर्मीले निकै सकस पार्ने देखिन्छ । अहिले आर्मीको टिमलाइनसहित वैकल्पिक खेलाडी पनि निकै लयमा छन् । पछिल्लो पटक एपिएफ ०६४ मा आहारारा फाइनलमा पुगेको थियो ।
१८ वर्षअघि मनाङले पहिलो उपाधि जित्दा हालका एपिएफका प्रशिक्षक कुमार थापा नै कप्तान थिए । पछि एपिएफबाट आहारारा गोल्डकप खेले तापनि उनले एपिएफलाई उपाधि दिलाउन सकेनन् । उनी १४ वर्षपछि एपिएफलाई फाइनल पु¥याउनमात्र होइन, उपाधि नै जिताएर इतिहास रच्न चाहन्छन् ।


जारी आहारारामा २ खेल खेलेको मनाङले क्वाटरफाइनलमा पुलिस र सेमीमा आर्मी दुवैसँग क्लिनसिट नतिजा निकालेको छ । एपिएफले भने ३ खेलमध्ये पहिलो प्रिक्वाटर फाइनलमा मात्र २–० को क्लिनसिटको नतिजा निकालेको थियो । क्वाटरफाइनलमा भुटनिज र सेमीमा मछिन्द्र विरुद्धका दुवै खेलमा एपिएफले ३–१ को जित निकालेको थियो ।


आफ्नै खेलाडीको भरमा आहारारामा सहभागिता जनाएको एपिएफ उत्कृष्ट लयमा छ । मनाङले आफ्ना ४ खेलाडी बन्द प्रशिक्षणमा रहँदा ३ खेलाडी एनआरटी क्लबबाट भिœयाएको छ । जस कारण मनाङमा अझै खेलाडीबीच तालमेलमा कमी देखिन्छ । मनाङ प्रशिक्षक फुजाले पनि फाइनल खेलअघि टिमको तालमेलमा सुधार्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया