
पोखरा ।
२१ वर्षदेखि लगातार भइरहेको छ आहारारा गोल्डकप । सहारा क्लब पोखराले आयोजना गरेको पहिलो प्रतियोगिता क्याराभ्यान गोल्डकप थियो । बाँकी २० औं संस्करणसम्म गोल्डकप आयोजना गरेको सहाराले सुरुवातदेखि नै एउटै ट्रफीलाई निरन्तर दिएको छ ।
आहाराराको ट्रफी पोखराका चित्रकार एवं गीतकार रमेश श्रेष्ठले बनाएका हुन् । सहारा क्लबका तत्कालीन अध्यक्ष वसन्त थकालीको अनुरोधमा श्रेष्ठले ट्रफी डिजाइन गरेका हुन् । माछापुच्छे«को डिजाइनमा ट्रफी बनाउन भने सबैले बनाइहाल्छन् जस्तो लाग्या उनलाई । ‘पोखरा तालको सहर हो । तालमा माछा हुनु स्भाविक भए पनि ऊ स्वतन्त्र रुपले कसैको इजाजत बिना नै तालदेखि नदी हुँदै जान सक्छ । त्यसरी नै खेलाडी जुनसुकै देशको भए पनि आफूलाई मन लागेको क्लबबाट खेल्न सक्छ । मैले ट्रफीमा नै स्वतन्त्र जीव माछाको जिन्दगीसँग खेलाडीलाई जोड्दै माछाको शिरमा फुटबल राखेर डिजाइन गरेको हुँ,’ श्रेष्ठ भन्छन् ।
ट्रफीमा रहेको माछाको अंग्रेजी शब्द एस आकारले आयोजक सहारालाई इंगित गर्दछ । सहाराको ट्रफी पित्तलबाट बनाइएको हो भने सुनको जलप लगाइएको कलाकार श्रेष्ठले सुनाए । उनले ट्रफी डिजाइन गरेबापत कुनै पारिश्रमिक नलिएको जानकारी दिए । श्रेष्ठले भने, ‘नेपालको एक प्रतिष्ठित प्रतियोगिताको ट्रफी डिजाइन गर्न पाउनु मेरा लागि निकै गैरवको कुरा हो ।’
ट्रफीमा पहिलो क्याराभान गोल्डकप विजेता महेन्द्र पुलिस क्लबदेखि १९ औं आहारारा गोल्डकपसम्मका विजेता क्लबले नाम लेखाइ सकेका छन् । जसमा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक नाम लेखिाएका छन् । थ्रि स्टार क्लबको नाम ५ पटक दोहोरिएको छ । आयोजक सहाराले पनि एक पटक उपाधि आफ्नो पोल्टामा पार्दै ट्रफीमा नाम लेखाएको छ । यसपालिको फाइनल खेल शनिबार हुँदै छ । मनाङ पुलिससँगको बराबरीको रेर्कड तोडी सर्वाधिक ७ औं पटक ट्रफीमा नाम लेखाउन चाहन्छ । १४ वर्षपछि फाइनल खेलेको एपिएफ पहिलो पटक ट्रफीमा आफ्नो नाम दर्ज गर्ने आकांक्षामा छ ।
रमेश चित्रकला र साहित्य दुवैतिर दख्खल राख्छन् । उनले सुनखरी सुनगाभा, रुपै राम्रो रुपा तालको, ल्वाङ गाउँमा फूलै फुलेको जस्ता चर्चित गीत सिर्जना गरेका छन् । ‘सुनखरी सुनगाभा’ उनको पहिलो गीत हो । उनी त्यो गीत आफूले ५५÷६० सालतिर रचेको बताउँछन् ।
लगातार ३ पटकको विजेता क्लबले सदाका लागि ट्रफी राख्न पाउँछ । अहिलेसम्म नेपाल पुलिस क्लबले मात्र ३ पटक लगातार उपाधि जितेको छ । पुलिसले ट्रफी राख्न पाउने भए पनि आयोजक र प्रतियोगिताको उच्च मूल्यांकन गर्दै विना शुल्क सहारालाई नै पुनः हस्तान्तरण गरेको आहारारा गोल्डकपका प्रचारप्रसार उपसंयोजक सुर्दशन रञ्जितले समाधानलाई सुनाए ।
तपाईको प्रतिक्रिया