
जोमसोम—
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले नियमित माक्सको प्रयोग गर्न नागरिकलाई अनुरोध गरेको छ ।कोरोनाको तेश्रो लहर तीब्र गतिमा फैलिएको र त्यसको नियन्त्रण गर्न आवश्यक रहेको भन्दै जिल्ला स्तरीय कोभिड १९ संकट नियन्त्रण तथा व्यवस्थापन समितिले सार्वजनिक स्थलमा हिडडुल गर्दा अनिवार्य माक्सको प्रयोग गर्न जिल्लाका नागरिकलाई सुझाएको हो ।
पछिल्लो समय कोरोना भाईरसको प्रभाव बढ्दै गईरहेको र सक्रमितको सख्या समेत वृद्धि गरिहेको अवस्थामा कोरोना रोकथामका लागि ठोस कदम अघि बढाउन आवश्यक रहेको भन्दै प्रशासनले यसप्रकारको निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।प्रजिअ शर्माका अनुसार सार्वजनिक स्थलमा हिडडुल गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरिएको हो ।
जसअनुसार सार्वजनिक स्थानमा माक्सको प्रयोग नगरी हिडडुल गरेको पाईएमा चेतावनी स्वरुप तत्काल एक सय रुपैया जरिवाना गरिने प्रजिअ शर्माले जनाए ।
कोरोना रोकथामका लागि अनिवार्य माक्सको प्रयोग गरौ,भौतिक दुरी कायम गरौं,भीडभाड हुने जस्ता कार्यक्रम बन्द गरौ भन्ने अभियानसहित जिल्ला स्तरीय कोभिड—१९ संकट नियन्त्रण तथा व्यवस्थापन समितिले दिनहु माईकिङ गरी जनचेतनामूलक गतिबिधि अघि बढाएको छ । जिल्लाबासी नागरिकले सार्वजनिक स्थलमा डिडडुल गर्दा नियमित माक्सको प्रयोग गरेनगरेको निगरानी गर्न अनुमगन टोली समेत खटाउने तैयारी गरेको प्रजिअ शर्माले बताए । प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेनगरेको अनुगमन माघ २५ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको छ ।
हिउँदयामको मौसममा मुस्ताङका अधिकांश नागरिक जिल्लाबाहिर रहेको र गर्मीयामको सुरुआत समेत हुन लागेकाले उनीहरु जिल्ला फर्किने क्रम सुरु भईसकेको छ ।यहाँका नागरिक घर फर्किने तयारीमा रहेको र पर्यटक समेतको आउजाउ बढ्ने सम्भावनालाई मध्यनजर गर्दै मुस्ताङमा कोभिड स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य मापदण्ड पालना गर्न कडाई गरिएको हो ।
जाडो छल्न बेसी झरेका मुस्ताङीहरु यतिबेला पोखरा,काठमान्डौ र छिमेकी देश भारतमा समेत पुगेका छन् । तीब्र गतिमा फैलिएको कोरोना सक्रमण जिल्लामा पनि फैलिनसक्ने प्रशासनको आकलन छ । प्रशासनले कोभिड सुरक्षाका लागि अझै कडा नियम कार्यान्वयनमा ल्याउने तयारी गरेको बताएको छ ।
कोरोनाको तेश्रो लहरपछि मुस्ताङमा कर्मचारी,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,स्थानीय र जिल्ला बाहिरका कामदार मजदुर लगायतलाई कोरोना सक्रमण देखिन थालेको हो । गत पुसको दोश्रो साता मुस्ताङमा सून्यमा झरेको सक्रिय कोरोना सक्रमितको सख्या अहिले २७ पुगेको छ । यसका अलवा तेश्रो लहरपछि मुस्ताङमा दुई दर्जन बढी सक्रमित निको भईसकेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया