खेलकुद

स्की प्रतियोगिताका लागि मुक्तिनाथमा तालिम अभ्यास सुरु, मंगलबार प्रतियोगिता हुँने

सुन्दरकुमार थकाली २०७८ माघ २९ गते १६:३१
फोटो फाईल मुस्ताङमा तेश्रो राष्ट्रिय स्की प्रतियोगि खेलाडी । तस्विर ःसुन्दरकुमार थकाली ।


जोमसोम—

Advertisement

चौथो राष्ट्रिय स्की प्रतियोगिताका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा पाखोमा शनिबारदेखि तालिम अभ्यास सुरु गरिएको छ । प्रतियोगिताका लागि ३ दिनसम्म तालिम अभ्यास गरी प्रतियोगिता सञ्चालन हुनेछ ।
मुस्ताङमा जारी सिजनमा दुई पटक भारी हिमपात भएको थियो । हिमपातका कारण वारागुङ मुक्तिक्षेत्र—१ को रानीपौवा पाखो पुरै हिउँले सेताम्मे छ। मुस्ताङमा परेको भारी हिमपातको सदुपयोग गर्दै साशसिक खेल विकास र प्रर्वद्धन गर्न तथा बेमौसमे ब्यापार घाटा पूर्ती गर्ने उद्देश्यले नेपाल स्की संघले चौथो पटक मुस्ताङमा प्रतियोगिता आयोजना गर्र्ने तैयारी गरेको हो ।स्की प्रतियोगिताको पूर्व तैयारीका लागि स्की खेलाडीहरु मुस्ताङ आईपुगेका छन् । उनीहरुलाई पूर्व तैयारी स्वरुप अहिले तालिम अभ्यास भईरहेको छ । तालिमपछि प्रतियोगिता मंगलबार आयोजना हुने नेपाल स्की संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि नेपाल स्की संघले रसुवा क्यान्जेन भ्यालीमा प्रथम राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको थियो।
सेताम्मे हिउँ माथि खेलिने साहशिक खेललाई स्की भन्ने गरिन्छ । यसअघि मुस्ताङमा तेश्रो राष्ट्रियद स्की २०७६ साल माघमा सम्पन्न भएको थियो । त्यसपछि कोरोना कहरका कारण मुस्ताङमा स्की प्रतियोगिता हुन सकेको थिएन ।यसपटक भने कोरोना संक्रमण यथावत रहेपनि नागरिकले कोरोना बिरुद्ध खोप लगाईसकेकाले स्की प्रतियोगिता हुन लागेको हो ।प्रतियोगिताका लागि मनाङ,रसुवा,दोलखा र काठमान्डौ लगायतका जिल्लाबाट स्की खेलाडी मुस्ताङ आईसकेको स्की प्रतियोगिताका अफिसियल निरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्की प्रतियोगिताका लागि ३० जना खेलाडी ,४ जना प्रशिक्षक र २ जना अफिसियल मुस्ताङ आएका हुन् । यहाँको संम्पूर्ण तैयारीपछि नेपाल स्की संघका पदाधिकारी पनि मुस्ताङ आईपुग्ने उनले बताए । उनले स्की ग्राउण्डको व्यवस्थापन र खेलाडी प्रशिक्षणपछि सोमबार वा मंगलबार चौथो राष्ट्रिय स्की प्रतियोगिता आयोजना हुने जनाए ।
स्की प्रतियोगिता अन्तर्गत तेश्रो राष्ट्रिय स्की जस्तै यस वर्षपनि खेलाडीहरुलाई स्नोबोर्डिङ स्की अल्पाईन स्की र क्रस कन्टी स्की बिधामा प्रतिस्पर्धा गराईने छ । नेपालमा स्की तथा स्नो बोर्डिङ स्कीलाई नेपालमा लोकप्रिय साहशिक खेलको रुपमा लिने गरिएको छ।संघले स्की खेलको विकास तथा प्रर्वद्धन गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा उपस्थिती दर्शाउन सहयोग पुग्ने जनाईएको छ ।
मुस्ताङमा हिउ पर्यटक आर्कर्षित गर्ने उद्देश्यले मुक्तिनाथका युवा पर्यटन ब्यवसायी सुरज गुरुङले पहल थालेका थिए । उनकै समन्वय स्की संघ मुस्ताङमा प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । युवा पर्यटन ब्यवसाय गुरुङले कोरोनाले थििलएको मुस्ताङको पर्यटन क्षेत्रमा स्की प्रतियोगिता राहत पू¥याउने विश्वाश ब्यक्त गरे । मुस्ताङमा अत्यधिकद चिसो र हिमपातका कारण हिउदयाममा यहाको पर्यटन क्षेत्र सुन्य गर्छ । बिस्तारी गर्मी सुरु हुने र पर्यटन क्षेत्रलाई चलाएमान बनाउन स्की प्रतियोगिताको योगदान महत्वपूर्ण हुने युवा पर्यटन व्यवसायी गुरुङको भनाई छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया