मुस्ताङका ३८ मतदान केन्द्रमा १० हजार ४ सय १४ मतदाता

समाधान संवाददाता २०७८ फागुन ७ गते १३:१४
जिल्ला निर्वाचन कार्यालय मुस्ताङ


जोमसोम—

Advertisement

आसन्न स्थानीय निर्वाचनका लागि मुस्ताङका ३८ मतदान केन्द्रमा १० हजार ४ सय १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।छेटौ निर्वाचन दिवसका अवसरमा भएको सरोकारवाला निकाय सम्मिलित बैठकमा कार्यालयले यस्तो जानकारी दिए ।
मुस्ताङमा यसअघिको ३७ मतदान केन्द्र कायम रहेकोमा त्यसमा थासाङ गापा—४ झिप्रा देउरालीमा थप एक केन्द्र थपिएसंगै मुस्ताङमा ३८ वटा मतदान केन्द्र कायम भएको हो । जसअन्तर्गत घरपझोङमा ५,थासाङमा ८,वारागुङ मुक्तिक्षेत्रमा ९,लोघेकर दामोदरकुण्डमा ९,. र लोमान्थाङ गाउपालिकामा ७ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।
मतदाता नामावली अद्यावधिकको पछिल्लो विवरण अनुसार मुस्ताङमा ५ हजार १ सय ८ पुरुष र ५ हजार ३ सय ५ महिला मतदाता रहेका छन् ।संघीयतापछिको २०७४ को निर्वाचनमा मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता थिए ।मुस्ताङको यसअघिको मतदाता संख्यामा ९ सय ९८ मतदाता थप भएका हुन् ।
जिल्लाको थासाङमा २ हजार ६ सय ९७,घरपझोङमा २ हजार १ सय २३,वारागुङ मुक्तिक्षेत्रमा २ हजार २ सय ९१,लोघेकर दामोदरकुण्डमा १ हजार ४ सय ४१ र लोमान्थाङ गाउपालिकामा १ हजार ८ सय ६२ मतदाता छन् ।मुस्ताङको थासाङमा सबैभन्दा बढी र सबैभन्दा कम मतदाता लोघेकर दामोदरुकण्ड गाउपालिकामा छन् ।
सरकारले देशका ७५३ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन गर्ने गरी मिति घोषणा भईसकेकाले अर्को व्यवस्था नभएसम्म मतदाता नामावली अद्यावधिक कार्य स्थगित भएको कार्यालयले जनाएको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि पूर्व तैयारी स्वरुप गरिएको जिल्ला स्तरमा निर्बाचन संञ्चालन तथा व्यवस्थापन अन्तक्रिया कार्यक्रममा विभिन्न राजनितिक दल र सरोकारवालाहरुले सुझाव पेश गरे ।मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालको अध्यक्षमा भएको कार्यक्रममा आसन्न स्थानीय तह निर्वाचन निश्पक्ष,भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता र प्रचलित कानुनका पालना गरी सम्पन्न गर्ने बिषयमा जोड दिईएको छ ।कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि ,राजतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको उपस्थिती रहेको छ ।
निर्वाचन दिवसका अवसरमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले आसन्न निर्वाचनका लागि कानुन र निर्वाचन आचारसंहिताको पालना गर्दै चुनाव गर्न प्रशासन,सुरक्षा निकाय र निर्वाचन कार्यालय कटिबद्ध रहने प्रतिबद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया