
जोमसोम—
जिल्ला अस्पताल मुस्ताङको व्यवस्थापन समितिको नेतृत्व परिवर्तन भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले घरपझोङ—३ मार्फाकी कमला लालचनलाई आगामी ३ वर्षीय कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए ।
जिल्ला अस्पताल मुस्ताङले पुरानो व्यवस्थापन समितिको ३ बर्षीय कार्यकाल पुरा भई ९ सदस्यीय नया ब्यवस्थापन समिति गठन गरेको हो । जसअन्तर्गत अस्पताल ब्यवस्थापन समितिमा घरपझोङ गाउपालिका अध्यक्ष आशबहादुर थकाली,मुस्ताङ उद्योग वाणिज्य संघका प्रतिनिधि,बिमला तुलाचन,गोबिन्दबहादुर बिक,जैकला बिक,सुकुन रसाईली र दुरेन्द्र गौचन सदस्य छन् । यस्तै,अस्पताल ब्यवस्थापन समितिको सदस्य सचिवमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारी रहेका छन् ।
यसअघि मुस्ताङ जिल्ला अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा पूर्व संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ थिए । नव गठित अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष कमला लालचनले अस्पतालको बृहत्तर विकासका लागि आफ्नो टिमले काम गर्ने प्रतिवद्धता जनाईन् । उनले स्वास्थ्य जस्तो संम्वेदनशील क्षेत्रमा सबै नागरिकको पहुच पू¥याउन आफ्नो पहल भईरहने बताईन् ।
’विगतको तुलनामा अस्पतालले केही फड्को मारेको छ ,त्यस माथि अस्पताललाई चाहिने श्रोतसाधन र जनशक्ति परिपूर्ती गर्ने तर्फ ध्यान दिईने नव गठित अध्यक्ष लालचनले उल्लेख गरिन् । ‘दुर्गम जिल्ला हो, यहा न्यूनतम आवश्यक श्रोत साधन नहुदा यहाका बिरामी जिल्ला बाहिर लैजानु पर्ने परिस्थिती छ ,उनले भनीन‘ सामान्य अपरेशन,ल्याब सुविधा र प्रसुती सेवालाई प्रभावकारी बनाएर लैजाने योजनामा छौ ।’
उनले अस्पताल ब्यवस्थापन गर्ने टिमको परिकल्पनाले मात्रै जिल्ला अस्पतालको भबिष्य र गन्तब्य तय हुने भएकाले सबै क्षेत्रको सहयोग पाउने अपेक्षा गरिन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया