
पोखरा
अनुगमन टोलीले दिएको निर्देशन अवज्ञा गर्दा पोखराका एक पसलले जरिवाना तिर्नुपरेको छ । उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश सरकारको संयोजकत्वमा फागुन १४ गते गरेको अनुगमनमा पोखरा महानगरपालिका ३२ राजाकोचौतारामा रहेको युनिक ट्रेडर्सले जरिवाना तिरेको हो ।
निर्देशनालयको टोलीले गत असोज १४ गते चाडपर्व लक्षित अनुगमन गरेको थियो । पसलमा मूल्यसूची टाँस्न, मदिरा र किराना एकै ठाउँमा सञ्चालन नगर्न साथै सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो । तर ती निर्देशन अटेर गरेको हुँदा जरिवाना तिराइएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।
‘यसअघि नै अनुगमन टोलीले पत्र काटेर मुचुल्का उठाएर निर्देशन दिएको थियो । सुधार गर्नुपर्ने कुराहरु मुचुल्का उठाएर १ प्रति ती व्यवसायीलाई दिएका थियौं । तर, उपभोक्ताबाट बारम्बर गुनासो आयो । निर्देशनालय र उपभोक्ताको टोलीले फेरि फागुुन १४ गतेसम्म गरेको अनुगमनमा पसलमा कुनै सुधार नदेखेपछि जरिवना तिराएका हौं,’ उनले भने ।
यसरी किरानाको अनुमति लिने र मदिराजन्य पदार्थ बच्ने गरेपछि पत्र नै काटेर त्यसो नगर्न निर्देशन गर्दासमेत उनले दोस्रोपटक अवज्ञा गरेको हुँदा कारबाही गरिएको कोइरालाले बताए । ‘जरिवाना तिराएर पसलमा मूल्यसूची टाँस्न, सरसफाइ गर्न र मिति गुज्रेका सामानहरु छुट्टै कोठामा राख्न निर्देशन दिएका छौं । त्यो पनि अटेरी गरे अर्को थप कारबाही गर्छाैंैं,’ कोइरालाले भने ।
निर्देशनालयका निर्देशक नारायण आचार्य संयोजकत्वको अनुगमन टोलीमा उपभोक्ताहित संरक्षणकर्ता, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि थिए ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
आइटिएफ जे ३० वर्ल्ड टेनिस टुरको राउन्ड १६ मा रोमाञ्चक नतिजा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया