हत्या आराेपमा पाेखराका अशाेक बहराइनबाट १६ वर्षपछि यसरी पक्राउ परे

सञ्जय रानाभाट
पोखरा ।
साबिक लेखनाथ नगरपालिकाको वडा नम्बर १३ खुदीखोलामा तटबन्ध लगाउने काम हुँदै थियो । कसरी आए रोजन राई तर, उनले त्यहाँ ग्याबिनमा ढुंगा भर्ने काम पाए । २० वर्षे रोजन दिनभर मजदुरी गर्थे, साँझ मदिरापानमा पनि पल्केका रहेछन् । एक दिन मदिरा पानकै क्रममा सातमुहानेका अशोक गुरुङसँग झगडा प¥यो । देखे, जानेकाहरुका अनुसार ३० वर्षे अशोकले कटुसको दाउराको चिर्पटले रोजनलाई हिर्काए । टाउकैमा चोट लाग्यो । २९ वैशाखमा घाइते रोजनको जेठ २ गते उपचारकै क्रममा मृत्यु भयो ।
२०६३ सालमा रोजन राई मारिएका थिए, उनलाई चिर्पटले हान्ने अशोक भागेका थिए
यो २०६३ सालको घटना हो । उक्त घटनापछि अशोक गाउँमा देखिएनन् । रोजनलाई खोज्न कोही आएन । सँगै काम गर्नेहरु र स्थानीयलाई रोजनले यत्ति भनेका रहेछन्, ‘घर सुनसरी धरान ।’ तर आफन्त र चिनाजानेका मान्छेहरु को थिए, भन्ने कसैलाई थाहा भएन । मृत्युपछि शव बुझिदिने पनि कोही भएन । प्रहरीले कानुनी प्रहरी प्रक्रिया पूरा गरी अन्तिम संस्कार गरिदियो । अशोक भने काठमाडौंतिर हिँडे । प्रहरीले फेला पारेन । काठमाडौंमा पनि होटल चहारी चहारी हिँडेका उनी ३/४ महिनाको बीचमा एकपटक भन्दा बढी पोखरा आएनन् ।
काठमाडौंबाट दिल्ली हुँदै कुबेत उडे । ३ वर्ष त्यहाँ बसे । फर्केर नेपाल आए अनि बहराइन गए । अनि नेपाल आउँदै आएनन् । १६ वर्ष पुगिसकेको त्यही हत्याकाण्डमा संलग्न भएको आरोपमा कास्की प्रहरीले उनलाई बहराइनबाटै झिकाउन सफल भएको छ । मंगलबार ल्याइपुर्याइएका उनलाई कास्की जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने अनुमति लिएर कास्की प्रहरीले थप अनुसन्धान थालेको छ । अब उनीमाथि मुलुकी फौजदारी संहिता २०७४ अनुसार कर्तव्य ज्यान मुद्दा प्रहरीले लगाउने भएको छ ।
यति पुरानो घटना । त्यसमाथि कसैले सोधीखोजी नगरेको मान्छेको हत्याकाण्ड । कसरी पक्राउ परे त अशोक ? कास्की प्रहरी प्रमुख एसपी रमेश थापा भन्छन्, ‘कसैको कोही भएन छैन भने पनि राज्य त छ नि ।’ अर्थात प्रहरीले राज्यको त्यही भूमिका निर्वाह गर्यो, रोजनका आफन्त न्याय माग्न नआए पनि घटनामा संलग्नलाई अदालतको कठघरा उभ्याउन ल्याईछाड्यो । घटना जतिसुकै पुरानो भए पनि कोही उम्कन्न नसक्ने सन्देश दिन पनि कास्की प्रहरी सफल भएको छ ।
बहराइनबाट कसरी ल्याइयो त अशोकलाई ? यसका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोग लिइएको एसपी थापा बताउँछन् । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार एसपी थापाले गएको भदौको एक कार्यालय मिटिङमा पेन्डिङ केसहरु खोतल्न भनेका थिए । त्यही क्रममा १६ वर्ष पुरानो रोजन राई हत्याकाण्डको रेकर्ड भेटिएको थियो । लगत्तै असोजमा कास्की प्रहरीले जिल्ला अदालतबाट अशोकलाई पक्रने अनुमति पुर्जी प्राप्त गर्यो ।

कास्कीले गण्डकी प्रदेश प्रहरीसमेतको सहयोग लिएर नेपाल प्रहरीको इन्टरपोल शाखालाई अशोकलाई पक्रनुपर्ने भनी पत्राचार ग¥यो । शाखाले असोज १२ गते इन्टरपोललाई पत्र लेख्यो । इन्टरपोल सचिवालयले मंसिर २८ मा अशोकका विरुद्ध रेड कर्नर नोटिस प्रकाशित गर्यो । अशोक ३ दिनमै बहराइन प्रहरीबाट समातिए । मंगलबार उनी नेपाल ल्याइपुर्याइएका हुन् । बुधबार कास्की प्रहरीले सार्वजनिक गरेको हो ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया