कास्की र गोरखाबाट दोहोरो नागरिकता लिने पूजा पक्राउ

पोखरा ।
दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । काठमाडौं कोटेश्वर बस्दै आएकी पूजा ढकाललाई गोखा प्रहरीले पक्राउ गरेको हो । उनले कास्की र गोखा जिल्ला प्रशासन कार्यालयलबाट दोहोरो नागरिकता लएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका ६ बैदाम माइती भएकी उनले ८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी थिइन् । उनले पुनः २८ मंसिर २०६७ जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
२८ बर्षीया पूर्जाले गोरखामा गाइने सार्कीलाई बुवा बनाएर पूर्जा गैरेको नामबाट अर्को नागरिकता निकालेको खुलेको प्रहरीले जनाएको छ । गोरखा प्रहरीका अनुसार उनलाई कारबाही गर्न प्रशासनबाट पत्राचार भएपनि उनलाई पक्राउ गरिएको हो । गोरखा प्रहरीले उनलाई पक्राउ गरि दोहोरो नागरिकतासम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धानका गरिएको प्रहरीले जनाएको छ ।








न्यु इयर इभमा उज्जनको प्रस्तुति
पोखरा महोत्सव तयारी
तमु सांस्कृतिक प्रतिष्ठानको पुनर्मिलन
पासपोर्ट अब २ दिनभित्रै पाइने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया