अन्तर्राष्ट्रिय स्तरको स्कुल, फिस्टेल एकेडेमी

पोखरा ।
चिनु रानाभाट जति बेला देश विदेश घुम्थे उनलाई एउटा कुरामा ग्लानि हुन्थ्यो । अन्तर्राष्ट्रिय स्तरको स्कुल पोखरामा पनि भइदिए भन्ने लाग्थ्यो । सुविधा पनि होस् र गुणस्तरीय व्यावहारिक शिक्षा पनि । उनी भन्छन्, ‘ग्लानि हुन्थ्यो कि हामीले बच्चाहरुलाई केही दिन सकेनौं, बुझ्ने र सक्ने अभिभावकहरुलाइ पनि अन्याय भयो ।’
त्यही ग्लानि र अन्तर्राष्ट्रिय स्तरको स्कुलको हुटहुटीको परिणाम उनले फिस्टेल एकेडेमीको स्वरुप बदलेका छन् । ‘धेरै लगानी गर्नुपर्ने भयो, तर इच्छाशक्ति मारिन,’ रानाभाट भन्छन् । हो, उनले कोभिड १९ को महामारी चलिरहँदा पोखरा १७ बिरौटामा फिस्टेल एकेडेमीको नयाँ भौतिक संरचना तयार पारे । ३ सय कामदारलाई २ सिफ्टमा काम गराएर २० महिनामा भवन तयार पारेको उनी सुनाउँछन् ।
फिस्टेल एकेडेमीको भवन फाइभ स्टार होटलको जस्तो छ । भवनबाहिर विद्यार्थी खेल्न धेरै खुला ठाउँ छ । खेलकुदका मैदानहरु छन् । फुटबल, बास्केटबल, लनटेनिसका मैदान र कोर्टमात्रै होइन पौडीका लागि स्विमिङ पुल पनि छ ।
रानाभाट भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको बताउँछन् । तसर्थ नै उनले भारतको दिल्ली पब्लिक स्कुलका अनुभव नेपाली डा त्रिदेव उपाध्यायलाई प्रिन्सिपलको जिम्मेवारी सुम्पिएका छन् । प्राइमेरी र लोअर सेकेन्डरीका लागि पनि दक्ष र अनुभव शिक्षक तथा कोअर्डिनेटर काठमाडौं र भारतबाटै झिकाएका छन् । विद्यार्थी पढ्ने कक्षा कोठा फराकिला, उज्याला र सुविधासम्पन्न छन् । प्रयोगशाला उपकरणले सुसज्जित छन् । क्यान्टिन हाइजिङमा जोड दिने गरी तयार छ ।
बिरौटाको १८ रोपनी जग्गामा बनेको शैक्षिक संस्थामा अब पोखरा बाहिरबाट पनि पढ्न विद्यार्थी आउने विश्वास गरिएको छ । पोखरामा एडुटुरिजमको पनि विकासमा सहयोग पुग्ने अपेक्षा रानाभाटले राखेका छन् । ‘यो संस्था मेरो होइन, पोखरेलीको हो,’ रानाभाट भन्छन् ।
प्रिन्सिपल उपाध्याय विद्यार्थीलाई पढाउने भन्दा पनि उसको सिक्ने तरिका कुन हो भन्ने पत्ता लगाएर सिकाइने बताए । ‘कसैले पढेर सिक्छ, कसैले हेरेर र देखेर सिक्छ, कसैले काम गर्दै सिक्छ,’ उनी भन्छन्, ‘पहिला हामी विद्यार्थीको सिक्ने कला बुझ्छौं, अनि त्यसै अनुसार सिकाउँछौं ।’ पर्यटन व्यवसायीका अगुवा गोपी भट्टराईले अहिलेको आवश्यकता अनुसार फिस्टेल एकेडेमी खुलेको बताए । ‘यो स्कुल कुनै अन्तर्राष्ट्रिय मापदण्डभन्दा कम छैन,’ उनले भने । पत्रकार बासु पौडेलले फिस्टेल एकेडेमी पोखराका लागि गौरव भएको बताए ।
तपाईको प्रतिक्रिया