एमाले पोखरा १३ मा उम्मेवार सिफारिस, अध्यक्षमा वसन्त

समाधान संवाददाता २०७८ चैत २७ गते १९:२८

पोखरा ।

नेकपा एमाले पोखरा १३ वडा कमिटीको भेलाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा वसन्त बराल (राजु), खुला महिला सदस्यमा कृष्णकुमारी गुरुङ, दलित महिला सदस्यमा कमला विक, खुला सदस्यमा नीलकण्ठ सिग्देल र अमजत अलिमिया उम्मेदवार बनाउने टुंगो आइतबारको भेलाले लगाएको वडा नं १३ का अध्यक्षसमेत रहेका एमाले कास्कीका उपसचिव दर्शन लामाले बताए ।

५ उम्मेदवारमध्ये ३÷३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको हो । अब जिल्ला कमिटीबाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ । अथवा जिल्लाले थपेर अरु नामका उम्मेदवार पनि बनाउन सक्छ ।

Advertisement

एमालेले कास्कीमा २८ गते सबै वडाका उम्मेदवारको टुंगा लगाउने भनेको छ । तर पोखरा १३ ले भने त्यसअघि नै टुंगो लगाएको छ । यसअघि २०७४ को निर्वाचनमा पोखरा १३ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया