म्याग्दीको मंगला गाउँपालिकामा एमालेले अहिलेकै अध्यक्षलाई उम्मेदवार दोहोर्‍याउने

समाधान संवाददाता २०७८ चैत २८ गते १३:३५

बेनी ।

नेकपा एमालेले म्याग्दीको मंगला गाउँपालिकामा अहिलेकै अध्यक्ष सतप्रसाद रोका दोहोर्‍याएर उम्मेदवार बनाउने भएको छ । गाउँपालिका कमिटीले आइतबार यस्तो निर्णय गरेको हो । आउँदो स्थानीय तह निर्वाचनमा अध्यक्ष आफूलाई दोहोर्‍याउने निर्णय पार्टी कमिटीले गरेको जानकारी रोकाले दिएका छन् ।

२०७४ को चुनावमा रोका निर्वाचित भई गाउँपालिका अध्यक्ष छन् । नेतृत्व हस्तान्तरण गर्ने सोचाइ आफूमा भए पनि सर्वसम्मतिबाटै अध्यक्षमा दोहोरिन निर्णय भएको उनले जनाए । गाउँपालिका उपाध्यक्षमा उक्त पार्टीबाट बहालवाला उपाध्यक्ष सिर्जना केसी र नेता पेमा अधिकारीको दाबेदारी छ ।

Advertisement

एमालेले मंगला गाउँपालिकाको ३ वटा वडामा अध्यक्षको उम्मेदवार टुंग्याएको छ । वडा नम्बर १ एकजित रोका, वडा नम्बर ३ मा बहालवाला वडा अध्यक्ष कविन्द्र रोका र ४ नम्बर वडामा थमप्रसाद रोकाको नाम टुंगिएको हो । मंगलामा एमालेले अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडामा जितेका थियो ।

Advertisement

तपाईको प्रतिक्रिया