भारतीय पर्यटक सवार बस पल्टिदा दुई जना घाईते

जोमसोम—
मुस्ताङको जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ना १ ख ७१४१ नम्बरको रौनियार ट्राभलको बस सोमबार दिउँसो करिव ३ बजे थासाङ—१ टुकुचे र खन्तीकोबीचको कालोपत्रे सडकमा दुर्घटना भएको छ ।बसमा सवार २७ भारतीय तीर्थालु मध्ये २ जना घाईते भएका छन् । बाँकी २५ भारतीय तीर्थालु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
बसमा सवार दुई जना घाईते तीर्थालुलाई उपचारका लागि लेते प्राथमिक स्वास्थ्य केन्द्र र टुकुचे स्वास्थ्य चौकी पू¥याईएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।प्रहरीका अनुसार बसमा प्राविधिक समस्या आएपछि दुर्घटना भएको जनाईएको छ । दुर्घटनापछि अहिले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोवाङको टोली घटना स्थलमा पुगिसकेको छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेते देखि मार्फासम्म कालोपत्रे विस्तार भईसकेको छ । सडक कालोपत्रे भएसंगै दुर्घटना हुने क्रम बढेको प्रहरीको भनाई छ । केही महिना अघि सोही स्थानमा एक बलेरो जीप दुर्घटना भएको थियो ।






५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
तारकाङमा डेंगी अभिमुखीकरण
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया