पोखराकाे मेयर बन्न एमालेभित्र १२ जनाले पार्टीभित्रै उम्मेदवारी दर्ता गराए

समाधान संवाददाता २०७८ चैत २९ गते १७:३५

पाेखरा ।

पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मा १२ जनाले पार्टीभित्र आकांक्षा देखाएका छन् । पोखरा महानगर कमिटीको मंगलबार बसिरहेको बैठकमा १२ जनाले मयेर पदका लागि आकांक्षीमा नाम टिपाएको एमाले स्रोतले जनाएको हो ।


मेयरका लागि पाेखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्णबहादुर थापा, राजीव पहारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका हुन् । बैठक अहिले पनि जारी छ ।

Advertisement


महानगर उपमेयरमा पनि ११ जनाले आकांक्षा देखाएका छन् । जसमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया