माओवादी माछापुच्छ्रेले छान्यो उम्मेदवार

समाधान संवाददाता २०७८ चैत २९ गते २१:२२


पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पार्टीका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।


गाउँपालिका कमिटीको मंगलबार बसेको बैठकले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रवीणा अधिकारीलाई अघि सारेको हो ।

Advertisement


बैठकले एकमतले भण्डारी र अधिकारीको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटी अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए । ९ वडा रहेको पालिकाका अधिकांश वडाको उम्मेदवार सिफारिस भइसकेको छ भने बाँकी वडाको बुधबार साँझसम्म सकिने उनको भनाइ छ ।


अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत सिफारिस दुबै उम्मेदवार विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । दुबै जना हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य छन् । भण्डारी जनयुद्ध कालदेखि नै अखिल क्रान्तिकारीमा आवद्ध हुँदै भूमिगत थिए । युद्धकालमा भण्डारीले विद्यार्थी, सैन्य लगायतका फाँटमा काम गरेका थिए । अध्यक्षमा प्रस्तावित भण्डारी वडा नं ७ धम्पुस र उपाध्यक्षका उम्मेदवार अधिकारी वडा नं ४ लाहाचोकका बासिन्दा हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया