पोखरा ३ का अटेरी उम्मेद्वारले वैशाख ३ मा कार्ययोजना सार्वजनिक गर्ने

समाधान संवाददाता २०७८ चैत ३० गते २०:४३


पोखरा ।

पोखरा ३ बाट अटेरी उम्मेद्वारी घोषणा गरेको अभियन्ताले ३ गते कार्ययोजना सार्वजनिक  गर्ने भएका छन् । यसअघि पोखरा महानगर प्रमुखको पदमा उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर कार्ययोजना सार्वजनिक गरि सकेका छन् । 


पोखरा ३ बाट वडाध्यक्ष पदमा अटेरी उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो उम्मेद्वारीबारे वैशाख ३ गते कार्ययोजना सार्वजनिक गर्ने अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । पोखरा १४ बाट अटेरी उम्मेद्वारी घोषणा गरेका अभियन्ताहरुले कार्ययोजना सार्वजनिक गर्ने भने पनि पोखरा ३ बाट उम्मेद्वारी घोषणा गरेका उम्मेद्वार उदासको कार्ययोजना सार्वजनिक गर्ने उनले सुनाए । 

Advertisement


वडाभित्रै कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम राखिए पनि स्थान र समय भने छिट्टै तोकिने संयोजक काकीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया