कास्कीका सिडिओलाई सुप्रबल जनसेवाश्री विभूषण

समाधान संवाददाता २०७९ वैशाख १ गते २०:३४

पोखरा ।
कास्कीका प्रमखु जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई उक्त विभूषण प्रदान गरेकी हुन् ।

Advertisement


आचार्य सप्तरीमा सिडिओ हुँदा नेपाली राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा योगदान पुर्‍याए बापत सम्मानका लागि गएको असोज ३ गते चयन भएका थिए ।

राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक कृतिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री तथा जनसेवा श्री पदकले शुक्रबार विभूषित गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया