जो दुईपल्ट एक तिहाई मतान्तरले दोश्रो पटक अध्यक्ष बने

समाधान संवाददाता २०७९ जेठ ४ गते २०:०५

जोमसोम–

Advertisement

हिमालपारीको जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका जिल्लाको ५ स्थानीय तह मध्ये सबैभन्दा कम मतदाता भएको स्थानीय तह हो । स्थानीय तह सदस्य निर्वाचन २०७४ मा सोतन्त्र उम्मेदवार दिएर एक तिहाई मतान्तरले लोघेकर दामोदरकुण्ड गाउँपालिकको अध्यक्ष पदमा बिजयी भएका लोप्साङ छोम्फेल बिष्ट स्थानीय तह सदस्य निर्वाचन २०७९ मा पनि पूनः एक तिहाई मतान्तरले अध्यक्ष पदमा बिजयी भए ।
संघीयतापछिको पहिलो स्थानीय तह सदस्य निर्वाचनमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको कुल मतदाता १२८२ थियो । त्यसबेला दोश्रो पटक अध्यक्ष पदमा बिजयी भएका सोतन्त्र उम्मेदवार लोप्साङ बिष्टले ७५५ मत प्राप्त गरेका थिए । उनका निकतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका तेन्जिङ छिरिङ गुरुङले २०३ मत पाएका थिए ।स्थानीय तह निर्वाचन २०७४ मा उनी कांग्रेसका गुरुङलाई ५५२ फराकिलो मतान्तरले बिजयी भएका थिए ।
यस्तै,स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवारी दिएका बिष्टले ६८९ मत पाएर बिजयी भए । उनका निकटम् प्रतिद्धन्दी नेकपा समाजवादीका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत पाए ।एमालेबाट दोश्रो पटक अध्यक्ष पदमा बिजयी भएका बिष्टले समाजवादीका गुरुङलाई ५०४ मतलेपछि पारेका थिए ।
स्थानीय तह निर्वाचन २०७४ मा ५५२ र स्थानीय तह निर्वाचन २०७९ मा ५०४ मतान्तरले बिजयी भएका बिष्ट पहिलो निर्वाचनको मतान्तर भन्दा अहिले ५१ मत कम हो ।स्थानीय तह निर्वाचन २०७४ मा लोघेकरको कुल मतदाता १२८२ रहेकोमा यसपटक भने १४६२ पुगेको थियो ।यसपटक लोघेकरमा ६० मत बदर र ४५ मत आशिंक बदर भएको थियो ।
दोश्रो पटक अध्यक्ष पदमा बिजयी बिष्ट स्थानीय तह निर्वाचन २०७४ पछि नेकपा एमालेमा प्रबेश गरेका थिए ।संघीयताको स्थानीय तहको पहिलो कार्यकालमा उनको नेतृत्वको पालिका नेपाल सरकारले सर्वेक्षण गरेको प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ७५३ स्थानीय तह मध्ये दोश्रो स्थान हासिल गरेको थियो । यस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिका गण्डकी प्रदेशकै कम बेरुजु रहेको पालिकामा छैटो नम्बर रहेको थियो ।

तपाईको प्रतिक्रिया