हिमाल कलेजमा बिदाई कार्यक्रम

पोखरा ।
हिमाल कलेज अफ म्यानेजमेन्टमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का विद्यार्थीले १२ कक्षाका विद्यार्थीलाई बिदाई गरेका हुन् ।
कलेजका प्रमुख हरि कार्कीले कक्षा १२ पासआउट भएर जाने विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले बिदाई गरेको बताए । ’१२ कक्षाको पढाई सकाएका विद्यार्थीहरुलाई ११ मा पढ्दै गरेका विद्यार्थीले बिदाई गरेका हुन् । कलेजका शिक्षकहरुसँग हार्दिकता साटासाट गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रम सहित बिदाई कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने ।
कार्कीले आगामी शैक्षिक भविष्यका लागि विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजबाट बिदाई भएर जाने विद्यार्थीहरुले कलेजको नाम थप उचो पार्नेमा विश्वास लिएको बताए ।
कार्यक्रममा इन्चार्ज मनिप्रसाद डुम्रे, एड्मिन हेड दुर्गा गुरुङ, डिसिप्लिन इन्चार्ज चेतनाथ भण्डारी, कार्यक्रमको सञ्चालक अनि शिक्षक सुदनकुमार मुल्मीले १२ कक्षाका विद्यार्थीलाई शैक्षिक करिअरका लागि शुभकामना दिएका थिए ।
३ वर्षमा ४ सय विद्यार्थी उर्तीण भएको यस कलेजले २०७७ र ०७८ को टियु बिबिएसको रिजल्टमा गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको थियो ।









राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
म्याग्दीको राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई
एमालेको ११औं महाधिवेशन आजदेखि, ओलीले रिमोटबाट उदघाटन गर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया