मुस्ताङमा अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्री एडभेन्चर प्रतियोगिता त्रिभुवन आर्मी र हिमालयन गल्स च्याम्पियन

जोमसोम–
हिमाली जिल्ला मुस्ताङमा भएको प्रथम प्रधान सेनापती अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्री एडभेन्चर प्रतियोगिता अन्तर्गत साईकलिङ,रनिङ र क्लाईमिङमा त्रिभुवन आर्मी ए समुहको हिमाल टमाटा र मानबहादुर थापा मगर च्याम्पियन बनेका छन् । महिला ट्री एडभेन्चरतर्फ हिमालयन गल्सकी भुमी बुढामगर र ईन्द्रकला नेम्वाङ च्याम्पियन बनेका छन् ।शनिवार मुस्ताङको जोमसोममा सम्पन्न ट्री एडभेन्चर प्रतियोगितामा त्रिभुवन आर्मीका ए का हिमाल टमाटा र मानबहादुर थापामगरले १ घण्टा १५ मिनेट २ सेकेन्डमा निर्धारित दुरी तय गरी च्याम्पियन बने । यस्तै,महिलातर्फ हिमालयन गल्सकी भुमी बुढामगर र ईन्द्रकला नेम्वाङले १ घण्टा ४३ सेकेन्ड २३ मिनेटमा निर्धारित दुरी तय गरी च्याम्पियन बने ।
प्रथम अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्री एडभेन्चर प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी बि समुहका बशन्त थारु र नवराज न्यौपानेले दोश्रो भए । उनीहरुले १ घण्टा १७ मिनेट १६ सेकेन्डमा निर्धारित दुरी पार गरी दोश्रो स्थान हासिल गरेका हुन् ।पुरुषतर्फ सी ग्रुपका कमल ओली र प्रेमसिंह मन्यालले १ घण्टा र २१ मिनेट ३० सकेन्डमा निर्धारित दुरी तय गरी तेश्रो भए ।
महिलातर्फ त्रिभुवन आर्मी ए समुहकी उषा खनाल र मञ्जु कुमारी खड्काले १ घण्टा ४३ सेकेन्ड २३ सेकेन्डमा निर्धारित दुरी तय गरी दोश्रो भए भने त्रिभुवन आर्मी सी समुहकी केशरी थापामगर र सुधा राईले २ घण्टा १८ सेकेन्डमा निर्धारित दुरी तय गरी तेश्रो भए ।
यस्तै प्रथम अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्री एडभेन्चर प्रतियोगितमा बेस्ट अन्तराष्ट्रिय टिमको उपाधि भारतले पाएको छ ।प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको त्रिभुवन आर्मीका हिमाल टमाटा र मानबहादु थापामगरको समुहरुले नगद ३ हजार डलर मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ । दोश्रो हुने त्रिभुवन आर्मी बि का खेलाडी बशन्त थारु र नवराज न्यौपानेले नगद २ हजार डलर मेडल , ट्रफी र प्रमाणपत्र जितेको छ । यस्तै पुरुषतर्फ तेश्रो हुने त्रिभुवन आर्मीकै समुह सीको कमल ओली र प्रेमंिसहले नगद १ हजार डलर मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रथम ट्री हाईअल्टिच्युड एडभेन्चर प्रतियोगिताको महिलातर्फ च्याम्पियन हुने टोलीले नगद ३ लाख,दोश्रो हुनेले २ लाख र तेश्रो हुने टोलीले १ लाख नगदसहित मेडल ,ट्रफी र प्रमाणपत्र पाएको छ । प्रतियोगितको तेश्रो हुने टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी सिताराम खड्का ,दोश्रो हुने टोलीलाई रक्षा सचिव किरणराज शर्मा र च्याम्पियन हुने टोलीलाई नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्माले नगद ,प्रमाणपत्र,ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरे ।
हिमाली जिल्ला मुस्ताङमा नेपाली सेनाले पहिलो पटक प्रथम अन्तराष्ट्रिय हाईअल्टिच्युड ट्री एडभेन्चर प्रतियोगिता आयोजना गरेको हो । नेपाली सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको समन्वयमा भएको प्रतियोगितमा नेपालसहित भारत,बेलायत र बङ्गलादेशका खेलाडीले सहभागी जनाएको नेपाली सेनाका शारिरीक तथा खेलकुद केन्द्र सयोजक महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।उनका अनुसार अन्तराष्ट्रिय ट्री एडभेन्चर प्रतियोगितामा ४ देशका २२ टिमको सहभागी रहेको थियो ।जसअन्तर्गतको प्रतियोगितामा अन्तराष्ट्रिय टोली ४ टिम र १३ टोली राष्ट्रिय रहेका छन् । यस्तै,महिला तर्फ ५ राष्ट्रिय टोलीले सहभागी जनाएका थिए । प्रतियोगितमामा बेलायतका ४,भारतका २,बङ्लादेशका २ गरी कुल ४४ खेलाडीले एडभेन्चर प्रतियोगितमा भाग लिएको महासेनानी मुनाल बस्नेतले जानकारी दिए ।
मुस्ताङमा सम्पन्न प्रथम अन्तराष्ट्रिय ट्री एडभेन्चर प्रतियोगितामा १ सय मिटर क्लाईमिङ,४ दशमलव ७५ किमी रनिङ र १५ दशमलव ३५ किमी साईकलिङ गरी २० दशमलव १० किमी दुरीमा ३ वटा ईभेन्ट समावेश गरिएको थियो । नेपाली सेनाको पश्चिम दिशाको ब्यारेक पछाडीको पहाड चढेर क्लामिङ गर्दै जोमसोमदेखि उत्तर पान्डाखोलासम्मको ४.७५ किमी रनिङ गर्दै जोमसोम ,ठिनी,ढुम्बा र स्याङ हुँदै पुन नेपाली सेनाको क्याम्पसम्म अन्तिम दुरी निर्धारित गरिएको थियो ।
प्रथम अन्तराष्ट्रिय ट्री एडभेन्चर प्रतियोगिताका खेलाडीलाई पुरस्कार हस्तान्तरण गर्दै नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्माले पर्वतीय खेलकुद प्रर्वद्धन गर्ने उद्देश्यले नेपाली सेनाले प्रतियोगिता आयोजना गरेको बताए । उनले पर्वतीय खेलकुदले पर्यटन प्रर्वद्धन गर्न सघाउ पू¥याउने उनको भनाई थियो ।अर्थ सचिव किरणराज शर्माले हिमाली जिल्ला मुस्ताङमा पर्वतीय खेलकुदको विकासले यहाँको पर्यटनमा सहयोग पुग्ने विश्वाश व्यक्ति गरे ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया