मेरो नेपालसँग आयोजक पराजित

पोखरा l
जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा १४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ । जनएकता क्लब उदघाटन खेलमा स्थानीय मेरो नेपाल युवा क्लबसँग ३–२ गोल अन्तरले पराजित हुन पुग्यो । जनएकताका लागि सविन गुरुङ र रोशन न्यौपानेले गोल गरेका थिए । मेरो नेपालको लागि विनय सुनार, विनय थापा र अर्जुन खत्रीले गोल गरेका थिए ।
प्रतियोगितामा ४६ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले उदघाटन गरेका थिए । प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई समान नगद ३ हजार रुपैयाँ प्रदान गरिनेछ । क्लबको अध्यक्ष बेवबृजन खड्काको अध्यक्षतमा भएको उदघाटन समारोहमा सचिव घनश्याम अधिकारी(श्याम)ले कार्यक्रम सञ्चालन गरेका थिए ।








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया