६ दिने भ्रमणका लागि अमेरिकी राजदुत बेरी मुस्ताङमा

सुन्दरकुमार थकाली २०७९ जेठ ९ गते ११:२८
फोटो क्याप्सन ः अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरी मुस्ताङमा । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम–

Advertisement

नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरी सोमबार हिमालपारिको जिल्ला मुस्ताङका आएका छन् ।अमेरिकी राजदुत बेरीसहित दुताबासका प्रेश तथा सांस्कृतिक विभाग प्रमुख ग्यारेट विल्करसन र दुताबास सांस्कृतिक विशेष धुब्र शाहसहित ७ सदस्ययीय दुताबासको टोली मुस्ताङ आएको हो ।दुताबासको टोली तारा एअरको टुईनेटर जहाज मार्फत सिधै काठमान्डौंबाट मुस्ताङ आएको हो ।
अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरीसहित दुताबासको टोलीले मुस्ताङमा एक साता बिताउँने भएको छ ।सन् २०१९ जुन १० तारिखमा २०७२ सालमा भुकम्पले क्षति पू¥याएको ऐतिहाँसिक तथा धार्मिक महत्वको झोङ छोदे शेडुप छोपेललिङ गोम्पाको जीर्णोद्धार परियोजना समापन कार्यक्रममा सहभागी हुन अमेरिकी दुताबासको टोली मुस्ताङ आएको हो ।वारागुङ मुक्तिक्षेत्र–२ झोङ स्थित ऐतिहाँसिक झोङ गुम्बाको जाीर्णोद्धार तथा भुकम्पीय सबलीकरणका लागि दुताबासको सांस्कृतिक संरक्षण सम्वन्धि राजदुत कोष (एएफसीपी)मार्फत १ लाख अमेरिकी डलर सहयोग अनुदान उपलब्ध गराईएको थियो ।गुम्बा जीर्णोद्धारका लागि झोङ गुम्बा व्यवस्थापन समितिले २३ हजार ६३१ डलर व्यवहोर्ने गरी गुम्बा पूननिर्माण सुरु गरिएको थियो । झोङ गुम्बा जीर्णोद्धारका लागि हेरिटेज एण्ड ईन्भाईरोमेन्ट कन्जर्भेसन फाउण्डेसनले जिम्मा लिएको थियो । सन् २०२० को सेप्टेम्बर तारिखमा सम्पन्न गर्ने भनीएपनि कोरानाका कारण गुम्बा पूननिर्माण कार्यमा ढिलाई हुन पुगेको थियो ।
गुम्बा पूननिर्माण सम्पन्न कार्यक्रममा सरिक हुन मुस्ताङ आईपुगेका अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरीसहित दुताबासको टोलीले सोमबार बिहान पर्यटकी गाउँ मार्फाको अवलोकन गरेको छ । त्यहाँ राजदुत बेरीले मार्फा गाउँको सांस्कृतिक धरोहर र गुम्बाहरुको अवलोकन गरेका छन् ।राजदुत बेरीले सोमबार दिउँसो झोङ छोदे शेडुप छोपललिङ गोम्पाको पुननिर्माण सम्पन्न कार्यक्रममा जाने कार्यक्रम छ । राजदुत बेरीले उपल्लो मुस्ताङको लोमान्थाङमा हुने सांस्कृतिक पर्व तीजी फेस्टिबलको अलवोकन गर्ने कार्यक्रम छ ।उनले मुस्ताङको एकसाताको बसाईका क्रममा लोघेकर दामोदरकुण्डको मराङमा ७ सय वर्ष पुरानो लोघेकर गोम्पाको अवलोकन गर्ने र मुस्ताङको विभिन्न पर्यटकीय क्षेत्रको टेकिङ यात्रा गर्ने कार्यक्रम रहेको दुताबासका कर्मचारी धुब्र शाहले जानकारी दिए ।
काठमान्डौंबाट मुस्ताङ आईपुगेका राजदुत बेरीले १ घण्टा ब्रेक फास्ट खाना होटल मोक्षमा बिताएका छन् । राजदुत बेरीको मुस्ताङको पटक पटक मुस्ताङ भ्रमण किन र केका लागि भनी पत्रकारले सोधेको प्रश्नमा दुताबासका प्रेस तथा सांस्कृतिक विभाग प्रमुख ग्योरट विल्करसनले राजदुत बेरीको लागि मुस्ताङ प्रिय ठाउँ भएको बताए ।‘यहाँको प्राकृतिक सौन्दर्यता र यहाँको सांस्कृतिक सम्पदाप्रती राजदुत बेरीको धेरै माया छ,उनले भने,‘मुस्ताङ रहँदा यहाँको सांस्कृतिक सम्पदाको अवलोकन गर्ने र यहाँका मानिससंगको सम्वन्ध स्थापित गर्ने उद्देश्य रहेको छ।’
यसअघि सन् २०१९ मा अमेरिकी राजदुत ¥यान्डी डब्लु बेरी मुस्ताङ आएका थिए । उनले त्यसबेला झोङ छोदे शेडुप छोपेललिङ गोम्पाको जीर्णोद्धार परियोजनाको उद्घाटन गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया