मेयरले रोपेका फूल चोरी भएको भोलिपल्टै चोरसहित भेटिए
समाधान संवाददाता
२०७९ जेठ १६ गते १२:०३

पोखरा ।
नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरा लेकसाइड सडक माझको डिभाइडरमा रोपेका फूल चोरी भएको अर्को दिन फेला परेका छन् । ताल बाराही माविको व्यायामशाला नजिक झोलामा राखिएको अवस्थामा सोमबार फूल भेटिएको हो ।
स्थानीयले सिसी क्यामेराबाट फूल चोर खोजेका थिए । पोखरा ६ का पूर्व वडासदस्य हरि पहारी र स्थानीय राजेन्द्र तिवारीले व्यायामशाला नजिक झोलामा राखिएको अवस्थामा फूल भेटी वडा प्रहरी कार्यालय वैदामलाई बुझाएका थिए । उनीहरुले चोरसमेत भेटेर प्रहरीलाई बुझाएका थिए ।
मेयर आचार्यले सपथ ग्रहणपछि पदभार ग्रहणअघि लेकसाइडको ती सडक डिभाइडरमा फूल रोपेका थिए । उनले पोखरालाई फूलैफूलको सहर बनाउने घोषणा पनि गरेका थिए ।
मेयर आचार्यले चुनाव अघि जारी गरेको घोषणा पत्रमा पनि एक टोल एक बगैंचा र एक घर ५ गमला र एक फक्रेको फूल कार्यक्रम ल्याइने उल्लेख गरेका थिए ।
सम्बन्धित








राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
म्याग्दीको राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई
एमालेको ११औं महाधिवेशन आजदेखि, ओलीले रिमोटबाट उदघाटन गर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया