दुर्घटना अपडेट : २१ जनाको शव भेटियो ,१५ मिनेटपछि काठमान्डौं लैजाने तयारी

जोमसोम–
तारा एअरको दुर्घटना ग्रस्त जहाजका यात्रु मध्ये २१ जनाको शव फेला परेको छ ।तर,१ जनाको शव फेला पर्न बाँकी रहेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।
जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव मध्ये १० जनाको शव माउन्टेन एअरको २ वटा हेलीले थासाङको कोवाङमा ल्याई पू¥याएको छ ।कोवाङमा ल्याईएका १० वटै लाशको कानुनी प्रक्रिया र मुचुल्का गर्ने काम भईसकेको र १५ मिनेट भित्र कोवाङबाट काठमान्डौं लैजाने तयारी भईरहेको प्रजिअ शर्माले जानकारी दिए ।
आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०ः१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।जहाज थासाङको मानापाथी हिमाल स्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । जहाजमा यात्रा गरेका यात्रुको शव एकै ठाउँमा जम्मा गरिएकोमा १० शव कोवाङ आईपुगेका र ओसार्ने क्रममा रहेको डिएसपी रामकुमार दानीले जानकारी दिए । बाँकी १ वटा शव खोज्न बाँकी रहेको उनले बताए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया