पल शाहलाई थुनामै राख्न उच्च अदालत पाेखराकाे आदेश

समाधान संवाददाता २०७९ जेठ १९ गते १९:४१

पोखरा ।
उच्च अदालत पोखराले पल शाहलाई बिहीबार थुनामै राख्न आदेश दिएको छ । नावालिगलाई जवरजस्ती करणीको गरेको आरोप लागेपछि पल थुनामै छन् ।

बिहीबार न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । उच्च अदालतमा पलको तर्फबाट कमलामोहन वाग्ले, जगदीशचन्द्र पान्डे र मिलनध्वज शाहले बहस गरेका थिए । भने, नावालिगको तर्फबात सरकारी कानुन व्यावसायी सहन्यायाधिवक्ता इश्वरीप्रसाद ढकालले बहस गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया