गुरुङ भाषा सिकाउँदै प्रज्ञा प्रतिष्ठान

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण सुरु भएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहकार्यमा आयोजित प्रशिक्षण उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सुरुआत गरे ।
मन्त्री आचार्यले मातृभाषाको महत्व ठुलो हुने भएकाले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेकोमा उनले खुसी गरे ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञ कृष्णप्रसाद पौडेल, तमु प्ये ल्हु संघ कास्की अध्यक्ष निमबहादुर गुरुङ, ओमबहादुर गुरुङ, हर्क गुरुङ लगायतले बोलेका थिए ।
२७ प्रशिक्षार्थीलाई १ महिनासम्म ओमबहादुर गुरुङले भाषा सिकाउने छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाति विस्तापित भाषा नाममा प्रशिक्षण चलिरहेको छ । जस अनुसार तामाङ, दुरा र नेवारी भाषाको प्रशिक्षण भइसकेको छ । आगामी आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी असार १० देखि १२ गतेसम्म ‘प्रज्ञा उत्सव’ नामक बृहत कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया