कञ्चनजंघा हिमालबाट १५ टन फोहोर संकलन

काठमाडौं ।
युनिलिभरले सफा हिमाल अभियान २०२२ मा नेपाली सेनासँग सहकार्य गरी कञ्जनजंघा हिमालबाट फोहोर संकलन गरेको छ । कञ्चनजंघाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले १५ टनभन्दा बढी फोहोर संकलन गरेको हाे ।
वैशाश २ गतेबाट सुरु गरी १६ जेठसम्म चलेको अभियानमा ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन भएको छ । हिमालहरू सदैव नेपालको प्रतीक र गौरवको रूपमा रहँदै आएका छन् । प्रत्येक वर्ष करिब १ लाख ७५ हजारा पर्यटक हिमाल पदयात्रा र आरोहरण अभियानका लागि नेपाल आउने गर्छन् । उनीहरूले हिमालमै फोहोर छोडेर फर्किने हुनाले हिमाली क्षेत्रमा फोहर व्यवस्थापनको ठूलो समस्या सिर्जना भएको छ ।
स्वस्थ पृथ्वी र समाज बिना व्यवसायहरू समृद्ध हुन नसक्ने भएकाले युनिलिभरले सफा हिमाल अभियान चलाएको हो । सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुने हुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने अनुमान गरिएको छ । अभियानका क्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरूका रूपमा अभ्नी भेन्चर प्रालिसँग समन्वय गरेको छ ।
टिमले लक्ष्यको १५० प्रतिशतभन्दा बढी फोहोर संकलन गरेको युनिलिभरको दाबी छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया