अर्थ वाणिज्य
ब्यापार मेला पूनः संञ्चालन गर्न सांसद तुलाचनको माग

जोमसोम–मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले उत्तरी कोरलानामा रोकिएको अन्तरदेशीय ब्यापार मेला पूनःसंञ्चालन गर्न माग गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद तुलाचनले कोभिड–१९ का कारण विगत २ वर्षदेखि कोरलानाकामा रोकिएको अन्देशीय ब्यापार मेला पून ःसंञ्चालन गर्ने पहल गरिदिन परराष्ट्रमन्त्री नारायण खड्काको ध्यानआर्कषण गराएका हुन् ।
उपल्लो मुस्ताङमा सीमाक्षेत्रका बासिन्दा बर्सेनि हिउँदयाममा बैकल्पिक रोजगार र जाडो छल्न पोखरा,काठमान्डौ झर्नु पर्ने बाध्यता रहेको उल्लेख गर्दै सांसद तुलाचनले सीमाक्षेत्रका बासिन्दा मुख्य आम्दानीको श्रोत व्यापार भएको र कोरलानाकामा ब्यापार मेला संञ्चालन हुन नसक्दा उपल्लो मुस्ताङबासी मर्कामा परेको बताए । उपल्लो मुस्ताङमा बर्सेनि एकबाली मात्र खेती हुने र उत्पादन गरिएको अन्नबालीले ६ महिना थेग्न मुश्किल पर्ने भएकाले कोभिडले रोकिएको अन्तरदेशीय ब्यापार मेला यथाशिघ्र संञ्चालन गर्ने वातावरण मिलाउन सरकारको ध्यान आर्कषण गराए ।
मुस्ताङका संघीय सांसद तुलाचनले कोरलानाकामा २ वर्षदेखि ठप्प रहेको ब्यापार मेला संञ्चालनको पहल गरिदिन चिनिया राजदुत होउ यान्छी समक्ष आफुले कुरा उठाएको बताउँदै ब्यापार मेला सुचारु भएमा उपल्लो मुस्ताङीले राहतको महशुस गर्ने जनाए । उनले कोरोना कहरका कारण रोकिएको ब्यापार मेला अहिले कोरोना संक्रमणको जोखिम शुन्य अवस्थामा रहेकाले ब्यापार मेलालाई निरन्तरता दिने माग गरेका हुन् ।
उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बत र उपल्लो मुस्ताङको कोरलानाका नजिक बर्सेनि असार र भदौ महिनामा दुई पटक अन्तरदेशीय ब्यापार मेला संञ्चालन हुने गथ्र्यो । कोरना भाईरसको जोखिमका कारण विगत ३ वर्षदेखि चिनियाँ पक्षले नाका पुरै शिल गरेको छ ।उपल्लो मुस्ताङी जनताको दैनिक आधारभुत समस्या समाधान गर्न चिनिया पक्षले कोरलाभूमीमा ब्यापार मेला संञ्चालन गर्ने गरेको लोमान्थाङका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए ।उनका अनुसार ब्यापार मेलामा जाने उपल्लो मुस्ताङीको नागरिकता अभिलेख राखेर चिनिया भूमीमा प्रवेश दिने गरिन्थ्यो ।
ब्यापार मेलामा नेपालबाट पश्मिना,यार्सा गुम्पा,आलु,पापर लगायतका सामाग्री निर्यात हुन्थ्यो भने चिनबाट निर्माण सामाग्री,खाद्यान्न,लत्ता कपडा,किराना सामाग्री र भेडा च्यांग्रा आयात गरिन्थ्यो । कोभिडका कारण तिब्बतबाट भेडा च्यांग्र नेपाल नआउँदा भेडा च्यांग्राको मुल्य आकासिएको थियो ।





अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया