पोखरा ८ मा योजना तर्जुमा गोष्ठी
समाधान संवाददाता
२०७९ असार ५ गते १४:५४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ ले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी गरेको छ । गोष्ठीमा विभिन्न संघ, संस्था, टोल विकास समिति, क्लब, आमा समूह, वडास्थित राजनीतिक दलका प्रतिनिधि, जननिर्वाचित प्रतिनिधि लगायतको सहभागिता थियो ।
सहभागीले वडाभित्रसंस्थाले गर्न चाहेका योजनाका बारेमा अवगत गराएका थिए । स–साना गतिविधिभन्दा पनि ठूला खाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधिलाई सुझाव दिए । भौतिक विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, शौचालय, चौतारा, पार्क निर्माण लगायतमा उनीहरुले जोड दिए ।
वडाध्यक्ष रुद्रनाथ बरालले गोष्ठीमा उठेका सुझाव तथा कार्यक्रमलाई आगामी योजनामा समेटन सक्दो प्रयास गर्ने प्रतिवद्धता गरे । उनले वडास्थित विभिन्न सामाजिक संघ, संस्थासँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया