२० वर्ष पुराना गाडी हटाउने यातायातको निर्णय

पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २० वर्ष अवधि नाघेका सवारी साधन विस्थापति गर्ने निर्णय गरेको छ । करिब १० वर्ष अघि सरकारले २० वर्ष पुराना गाडी संचालन गर्न नपाउने सुचना प्रकाशित गरेको थियो । १० वर्ष बित्दा पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।
२० वर्ष पुराना सवारी साधन चलाउन नपाउने कानुनी प्रावधान रहेको यातायात कार्यालय कास्की प्रमुख डिल्लीराम रिजालले बताए । पुराना सवारी साधनले वातावरणमा अत्यधिक प्रदुषण बढाउने, अत्यधिक तेल खपत गर्ने, मानव स्वास्थ्यमा प्रत्यक्ष असरपार्ने, यात्रुको सुरक्षा जोखीममा पारेकाले पुराना सवारी साधन विस्थापन गर्न लागिएको उनले जानकारी दिए ।
अवधि नाघेका सवारी संचालन नगर्न निर्देशन दिइएको छ । संचालन गरेको पाइए ट्राफिक प्रहरीलाइ जफत गर्न साथै अन्तिम पटकको नविकरण मिती, कर तिर्न बाँकी रहेको रकमका आधारमा कारबाही गरिने रिजालले बताए ।
व्यवसायी भने पूर्ण रुपमा सहमत नभएको समय अवधि बढाउनुपर्ने उनीहरुको माग रहेको यातायात कार्यालय ले बताएको छ ।
पहिलाको सुचना सार्वजनिक गरेसंगै यस्ता साधन संचालनमा कमी आएको छ । अहिले करिब ३/४ सय (ट्याक्सी, भ्यान, जिप, पिकअप, बस, ट्रक) साधनले अझै पनि अटेर गरेर संचालन गरिरहेको कार्यालयमा तथ्यांक छ ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया