बेलायती विद्यार्थीले बनाइदिए स्कुलमा टंकी

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा सेन्ट मेचिल्स स्कुल बेलायतका २२ विद्यार्थीको सहयोगमा पोखरा २१ कृस्तीको भविष्य निर्माण माध्यमिक विद्यालयमा खानेपानी टंकी बनेको छ । १० हजार लिटरको खानेपानी टंकी हालै सञ्चालनमा आएको छ ।
खानेपानी निर्माण समिति संयोजक सोनाम साङ्पोले पोखराका ३२ सरकारी स्कुलमा टंकी निर्माण सम्पन्न भएको बताए । महामारीबाट विद्यालयमा सहयोग गर्न नसेकोमा यो वर्षदेखि सेवा निरन्तर सेवा दिने उनले बताए । पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले लायन्सबाट विद्यालयमा खानेपानी टंकी निर्माणले खुसी बनाएको उल्लेख गरे ।
क्लबका अध्यक्ष विजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलकुमार भुजेल, रिजन चियरपर्सन अर्जुन पोखरेल, प्रधानाध्यापक राजेन्द्र सापकोटा, कमिटी चियरपर्सन दिनेश तुलाचन, प्रथम उपाध्यक्ष विष्णुकुमार गुरुङ, सहसचिव गणेश छवि लगायतले बोलेका थिए ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया