बागलुङमा रोकिएन असारे विकास: २० दिनमा २० करोड खर्च

बागलुङ ।
बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे विकासको अन्त्य गरी वैशाख-जेठ महिनामै सबै योजना सक्ने लक्ष्य लिइँदै आए पनि बागलुङमा यसको कार्यान्वयन हुन सकेको छैन ।
वर्षात्मा हुने विकास बजेटसक्नेबाहेक प्रभावकारीरुपमा विकास हुन सकेको छैन । स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकार असारे विकासतर्फ गम्भीर बनेको पाइँदैन । बागलुङमा चालु आर्थिक वर्षको विकास बजेट खर्च हेर्दा असार महिनामा मात्रै सबैभन्दा बढी खर्च भएको पाइन्छ । असार २० सम्मको विकास बजेट खर्च हेर्दा २० दिनमै रु २० करोड १८ लाख ४९ हजार ४१२ खर्च भएको छ ।
जेठ महिनासम्मको जम्मा खर्च हेर्ने हो भने रु आठ अर्ब २० करोड ३६ लाख ८१ हजार ५६१ छ । असार २० सम्मको खर्च बढेर रु अर्ब ४० करोड ५५ लाख ३० हजार ९७३ पुगेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार जेठ महिनासम्म चालु बजेटतर्फ रु छ अर्ब ७१ करोड १९ लाख ४४ हजार २१० रकम खर्च गरेको छ । जुन ९१.६५ प्रतिशत हो । यसमध्ये पुँजीगत खर्चतर्फ रु एक अर्ब ४९ करोड १७ लाख ३७ हजार ३५१ रहेको छ । जुन ५४.९२ प्रतिशत हो ।
जेठ मसान्तसम्म रु आठ अर्ब २० करोड ३६ लाख ८१ हजार ५६१ खर्च भएको छ । जुन ७१.३६ प्रतिशत हो । असार २० गतेसम्म चालुतर्फ रु १८ करोड ८६ लाख ७९ हजार ४१२ र पुँजीगततर्फ रु एक करोड ३१ लाख ७० हजार खर्च भएको छ । केन्द्र र प्रदेश सरकारबाट प्राप्त भएको बजेटबाट जिल्लास्थित सरकारी कार्यालयले उक्त बजेट खर्च गरेका हुन् ।
बजेट खर्चको आँकडालाई हेर्दा बागलुङमा असारे विकास रोकिएको पाइँदैन । २० दिनमै रु २० करोड खर्च हुनलाई सरोकारवाला निकायले गम्भीररुपमा लिनुपर्ने देखिन्छ । केही योजना ढिलानै सम्झौता गर्नु पर्ने बाध्यता भए पनि यो समस्या समाधान भने तत्कालै गर्नुपर्ने देखिन्छ ।
सो कार्यालयका लेखा नियन्त्रक जब्बरबहादुर भण्डारीले विगतको प्रवृत्ति दोहोरिएको जनाउँदै सङ्घ र प्रदेशअन्तर्गतका योजनाको काम हुने त अन्तिममा आएर फरफारक गर्नेहुँदा असारमा बढी खर्च हुने गरेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया