सिलाई कटाई तालिम सम्पन्न

लेखनाथ ।
लेखनाथ उद्योग बाणिज्य संघको समन्वय, व्यवसायीक सिप तथा तालिम परिषद सिटीभिटी गण्डकी प्रदेशको सहयोग तथा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा २७ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
तालिम व्यवस्थापन उपसमिति संयोजक एवं कार्यसमिति सदस्य ध्रुवबावु भट्टराईको अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहभागि लाई प्रमाणपत्र वितरण गर्दै निरन्तर रुपमा अगाडी बढ्न, व्यवसायीक बन्नका लागि आग्रह गरे । यस व्यवसायमा ग्राहक आफुहरुलाई खोज्दै आउने हुदाँ आम्दानीको राम्रो श्रोत भएको बताए ।
अन्नपुर्ण प्राविधिक शिक्षालयका प्राचार्य मोतिमाया सुवेदीले व्यवसायीक तालिम र प्राविधिक शिक्षाका लागि आफ्नो विद्यालय सधै तत्पर रहेको बताउदंै सवै तालिम लिएका सहभागिहरुलाई व्यवसायीक बन्न आजैबाट निरन्तर रुपमा अगाडि बढ्न भनिन् ।
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकाल र पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सिप सिक्नुपर्छ र केहि गर्नुपर्छ भन्ने उत्प्रेरणा आफुमा जाग्नु नै सफलताको प्रतिक हो भन्दैं सवैलाई व्यवसायीक रुपमा अगाडि बढ्न आत्मनिर्भर हुन र आय आर्जन गर्न यस तालिम फलदायी हुने विश्वास लिएको बताए ।
सहभागीका तर्फबाट आफ्नो धारणा राख्दैं काशीमाया गुरुङले तालिम अति फलदायि भएको आफुहरुले केहि गर्ने इच्छा धेरै अगाडि देखि राखेकोमा र यस तालिमको माध्यमबाट उद्यमी बन्न सहयोग पुगेको बताइन् । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रशिक्षक राम वहादुर घले परियारले सिकेका सिपलाई व्यवहारमा उतार्न अनुरोध गरे ।
समापन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्धितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष भरतराज ओझा, तालिम व्यवस्थापन सल्लाहकार विश्वराज लामिछाने, कार्यसमिति सदस्य इन्दिरा रोका, गंगा मल्ल, विजय गुरुङ, भरत थापा, पुष्पमणि भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रममा डिल्लीरमण भण्डारीले धन्यवाद ज्ञापन गरे भने उपमहासचिव जानुका पराजुली अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया