भरतपोखरी बरमा बन्यो चौतारी

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरमा क्रियाशील सिलिंगे महिला चेतना समूहले दुई शताब्दी पुरानो सिलिंगे चौतारा पुनर्निर्माण गरेको छ । प्राचीन कालदेखि अस्तित्वमा रहेको र करिब ३० वर्षअघि विकास, निर्माणका नाममा मासिएपछि उक्त स्थानको पहिचानलाई कायमै राख्ने गरी चौतारो बनाइएको हो ।
गण्डकी प्रदेश सरकारको एक लाख ५० हजार रुपैयाँ सहयोगका साथै स्थानीयको सहभागितासमेत गरी २ लाख ३५ हजार ५ सय ७५ रुपैयाँको लागतमा चौतारा निर्माण गरिएको समूहका अध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् । चौतारो कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे ।
मन्त्री थापाले निर्माणमा सहयोग पुर्याउने सहयोगदातालाई सम्मानसमेत गरे । उनले प्रदेश सरकारको सानो सहयोगमा जनसहभागिता जुटाएर गरिएको निर्माण कार्य प्रशंसनीय रहेको बताए । आगामी आर्थिक वर्षका लागि पोखरा ३३ मा गण्डकी प्रदेश सरकारका तर्फबाट विभिन्न ३४ वटा योजनाका लागि ५ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै उनले यस क्षेत्रको समग्र विकास आफूहरूको प्राथमिकतामा रहेको बताए ।
समूहका अध्यक्ष महतले प्रदेश सरकार र स्थानीयको साथ, सहयोगका कारण ऐतिहासिक महत्वको चौतारा निर्माण गरिएको बतइन् । उनले आगामी दिनमा पनि प्रदेश सरकार एवं स्थानीयवासीको यस किमिमका सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरिन् । रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले सामाजिक जागरणसँगै पर्यावरणीय संरक्षण, विकास लगायतमा समूहले देखाएको सक्रियता प्रशंसनीय भएको बताए । वडा सदस्य दुर्गादेवी थापा केसीले समूहले गर्ने जुनसुकै विकास निर्माणका काममा वडाको तर्फबाट निरन्तर साथ र सहयोग हुने विश्वास दिलाए ।
चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले महिला सशक्तीकरणसँगै सामाजिक विकासका काममा समूह निरन्तर सक्रिय बनेको बताए । समूहका अध्यक्ष कर्णकुमारी महतको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रामचन्द्र पौडेल, संस्थाका उपाध्यक्ष सरला महत, सचिव सीता केसी महत लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया