अनुपममा भाषण कला तालिम

पोखरा ।
अनुपम म्युजिक, पोखराले आयोजना गरेको उद्घोषण तथा भाषण कलासम्बन्धी १ महिने तालिम शनिबार सकिएको छ ।
संस्थाका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको समापन कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बोल्ने कला मानिसको अभिन्न अंग जस्तै भएको बताए । पराजुलीले वडा नम्बर ४ का महिलाका लागि आयोजना गरिएको उद्घोषण तथा भाषण कला तालिम अत्यन्त प्रभावकारी भएको पनि स्मरण गरे ।
गायक रामभक्त जोजिजूले आफूले पनि अनुपम म्युजिकमै उद्घोषण तथा भाषण कला सिकेको स्मरण गरे । साहित्यकार रुपिन्द्र प्रभावीले आजको समयमा सम्पूर्ण जनप्रतिनिधिलाई भाषण कलासम्बन्धी तालिम आवश्यक रहेको धारणा राखे ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपममार्फत् ०६२ देखि हालसम्म राजनीतिक, सामाजिक, औद्योगिक, व्यावसायिक, सांगीतिक, साहित्यिक क्षेत्रका सयौँ जनालाई १ सय ९३ ओटा तालिम सञ्चालन गरिसकेको जानकारी दिए । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान र सीपमा आधारित भएर तालिम दिइने भएकाले पनि अनुपममा सिकारुको आकर्षण रहेको उनले बाए ।
कार्यक्रममा प्रशिक्षार्थीहरू आयुष्मा अधिकारी, आशा थापामगर, शिवराज अधिकारी, सृष्टि थापा, राजु कार्की, जगनारायण छन्त्याल, हरिप्रसाद सिग्देल, विपना थापा र ग्रेसी ढुंगानाले पनि बोलेका थिए ।








कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया