अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्ध सहकारीलाई

पोखरा ।
बिशाल बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजना गरिएको सातौं अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्ध बचत तथा ऋण सहकारीले जितेको छ । दुर्गा राज बराल र उपेन्द्र श्रेष्ठको जोडी विजयी भएको हो । उनीहरुले बिस हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । मित्र मिलन सहकारीका अमृत श्रेष्ठ र हेमकृष्ण श्रेष्ठको जोडी द्दितिय हुदै नगद दश हजार र ट्रफि तथा प्रमाणपत्र पाउनसफल भएका थिए । बिशाल सहकारीका शिव शर्मा र प्रदिप कुमार मुल्मी, कर्मशिल सहकारीका शोभाखर भण्डारी रशुसिल पौडेलको जोडी तृतिय हुदै नगद पाँच हजार र ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रमा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रुद्व नाथ बरालले यस्ता खालका प्रतियोगिताले सहकारीसंस्थाहरु बिच सुमुधुर सम्वन्धको विकास हुने बताउदै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताए । बिशाल बचत तथा ऋण सहकारीसंस्थाका उपाध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा खेलकुद उप समितिका संयोजक ईन्द्रराज अर्यालले स्वागतमन्तव्य राखेका थिए । कार्यक्रममा सहकारी खेलकुद उप समितिका सदस्य अम्वर वहादुर गुरूङलेसहकारीका सात सिद्वान्त बाचन गरेका थिए भने सहकारीकी सचिव तारादेवी पराजुलीले कार्यक्रम सन्चालन गरेकी थिईन् ।








ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया