आत्महत्या रोकथामबारे तालिम

पोखरा ।
सुरक्षाकर्मीका लागि आत्महत्या रोकथामसम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोशिश र सिबिएम ग्लोबलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण भएको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र मानसिक स्वास्थयको बारेमा कार्यपत्र प्रस्तुत गरे । उनले मानवअधिकारको दायरा व्यापक भएको भन्दै मानवमा समानता कायम हुनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य र मानव अधिकारबीच अन्तर सम्बन्ध भएको उल्लेख गरे। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी सिनियर कन्सल्ट्यान्ट साइक्याट्रिक बिभागीय प्रमुख डाक्टर लिया बैद्यले आत्महत्या हुने कारण तथा न्यूनीकरणबारे कार्यपत्र प्रस्तुत गरिन् । उनले डिप्रेसन नै आत्महत्याको प्रमुख कारण भएको बताइन् । धरैजसो आत्महत्या रोकथाम गर्न सकिने उनको भनाइ छ ।
कोशिशका कार्यक्रम संयोजक सुुदीप घिमिरेले कोशिशले आत्महत्या रोकथाममा गरेका कामका बारेमा जानकारी दिए । संस्थाले मनोसामाजिक स्वास्थ्य समस्या भएकालाई परामर्श दिँदै आएको उनले बताए । कार्यक्रममा संघीय प्रहरी प्रदेश कार्यालय गण्डकी, प्रदेश प्रहरी कार्यलय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी गरी ३७ जनाको सहभागिता थियो ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया