रोटरी पोखरा अन्नपूर्णकाे अध्यक्षमा देवेन्द्र

पोखरा ।
राटरी क्लब अफ पोखरा अन्नपूर्णकोे अध्यक्षमा देवेन्द्र बास्तोला चुनिएका छन् । क्लबको १७ औं स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उनलाई सन् २०२२–२०२३ को अध्यक्ष चयन गरिएको हो । रोटरीको विधान अनुसार १ वर्षअघि नै अध्यक्ष प्रस्ताव गर्ने प्रचलन हुन्छ । सोही अनुसार बास्तोला १ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
उपाध्यक्षमा भानुभक्त भण्डारी, सचिव निकेशप्रसाद कर्माचार्य, कोषाध्यक्ष माधवप्रसाद बराल, एड्मिन प्रमुख सुरेशकुमार ध्वजु, टिआरएफ दिनेशशंकर पालिखे छन् । यस्तै, पब्लिक इमेजमा लक्की कार्की ,सर्जेन्ट आम्स नवीनराज बराल, सर्भिस प्रोजेक्ट चियर बाबुराम बराल, मेम्बरसिप चियर सरोजनारायण बराल, युथ चियर जनपुकार मुनाकमी, प्रेसिडेन्ट नोमिनी तोयबहादुर भट्टराई, क्लब ट्रेनर प्रदीपबहादुर आचार्य, एडिटर रोटरियन शैन्द्रराज श्रेष्ठ छन् ।
डाइरेक्टरहरुमा कृष्णहरि पौडेल, शिव बास्तोला, नन्दा श्रेष्ठ, रिना पौडेल र इन्दिरा तिमिल्सिना बराल चयन भएका छन् । क्लबका निवर्तमान अध्यक्ष रामप्रसाद बस्ताकोटीले आगामी कार्यकालका लागि अध्यक्षको पिन हस्तान्तरण गरेका थिए । क्लबका नवनिर्वाचित अध्यक्ष बास्तोलाले आफ्नो कार्यकालमासबै रोटरीयनको साथ र सहयोगमा क्लबले गर्ने कार्यलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता गरे ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले देश पद र पदवी ओगटनेले बिगारेको बताउँदै नयाँ नेतृत्वलाई कार्यकाल सफल बनाउन सुझाव दिए । क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले कतिपयले रोटरीलाई खर्च गर्ने अनि नेपालीको पैसा विदेश पठाउने संस्थाको रुपमा लिने गरेको बताउँदै योगदान गरेको रकमभन्दा कयौं गुणा बढी रकम विभिन्न परियोजनाका रुपमा नेपालमै भित्रिने भएकाले यसलाई अन्यथा लिन नहुने बताए ।
क्लबका वर्ष २०२१/२०२२ का अध्यक्ष रामप्रसाद वस्ताकोटी अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तोयबहादुर भट्टराई, रोटरियन रामचन्द्र शर्मा र सरोजनारायण बराल, निकेश कर्माचार्य, प्रेमप्रसाद शर्मा, विनोद कोइराला लगायतले बोलेका थिए । समारोहमा क्लबका पूर्व अध्यक्ष कृष्णमान गुवाजुको स्मृतिमा क्लब र स्व. गुवाजुको परिवारद्वारा स्थापित अक्षयकोष रकमबाट पोखरा १८ मा अवस्थित सृजना आधारभूत विधालयलाई विविध खेलकुदको सामग्री हस्तान्तरण गरिएको थियो ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया