रामघाटमा फल्चा निमार्ण

पोखरा ।
सेतीगंगा टोल विकास संस्था, सौभाग्य महिला समूह तथा नयाँ बजार रामघाट धार्मिक क्षेत्र विकास समितिको सक्रियतामा बनेको सेतीगंगा पाटी फल्चा उदघाटन गरिएको छ । आइतबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले फल्चा उद्घाटन गरे ।
रामघाट क्षेत्रमा हरिबोधनी एकादशीका दिन फूल तार्न जाने भक्तजनबाट संकलित रकम तथा विभिन्न सहयोगी र दाताबाट प्राप्त ३ लाख लागतमा फल्चा निर्माण गरिएको हो । मलामी गई फर्किएकाहरुको विश्रामका लागि फल्चा अर्थात पाटी बनाइएको हो ।
वडाध्यक्ष मर्सानीले रामघाट क्षेत्रलाई सुन्दर बनाउन र मृत्यु संस्कारका लागि रामघाट आउनेलाई फरक अनुभूति दिलाउन फल्चाको निर्माणसँगै रामघाट क्षेत्रको सौन्दर्यकरण अभियान सुरु गरिएको जानकारी दिए । उनले वडाबासीको घरदैलोमा पुगेर उनीहरुको सुखदुखमा साक्षात्कार गर्न निरन्तर सक्रिय रहेको उल्लेख गरे ।
रामघाट धार्मिक क्षेत्र विकास समिति अध्यक्ष रोशन मानन्धरले यस क्षेत्रलाई सुन्दर र सधै हराभरा बनाउने उद्देश्यले फू रोप्ने कामका साथै सरसफाइ अभियान सञ्चालन गरिएको बताए । समिति उपाध्यक्ष उत्तम जोशीले आफन्त विछोडिएको पीडा र दुःखमा रहेकाहरुको मनमा शान्ति दिलाउन रामघाट धार्मिक क्षेत्रमा सौन्दर्यकरण कार्यक्रमको अवधारणा ल्याइएको बताए ।








पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया