कान्तिपुर डेण्टल हस्पिटलमा साउन महिनाभर महिलालाई छुट्टै छुट

समाधान संवाददाता २०७९ साउन ३ गते १०:४९

पोखरा ।
कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण महिलाहरुको लागि टिकद दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिने घोषणा गरेको जनाएको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले साउन महिना महिलाहरुले मान्ने विशेष पर्व महिना भएकाले महिलाहरुको लागि निशुल्क उपचार कार्यक्रम ल्याइएको बताए। कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरु मात्रको हितमा यो कार्यक्रम ल्याइएको दाबी गरेको छ । टिकटदेखि परामर्श सेवा समेत निशुल्क लिएर मुख तथा दन्त स्वास्थ्य सम्बन्धी लाभ लिन हस्पिटलले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया